काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै रु ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका–४ बस्ने ३३ वर्षीय रामशरण शिवाकोटी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो।
उहाँका अनुसार पक्राउ परेका निज शिवाकोटीले मिराकल कन्सलटेन्सी खोली युनिसा आलेमगरलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने पटकपटक गरी रु १६ लाख ५० हजार, राजन प्रसाईंसहित तीन जनाबाट रु १६ लाख ५२ हजार ठगी गरी सम्पर्कबिहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
उनलाई आइतबार विहान १० बजेतिर कञ्चनपुरको भिमदत्त नगरपालिका–४ गड्डाचौकीबाट पक्राउ गरी आज सार्वजनिक गरिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो।
उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानमा सिवाकोटीले फ्रान्स, स्पेन, युक्रेनलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको खुल्न आएको छ।” उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ।
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोल्ने पक्राउ
अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
स्कुल भर्ना गराउन दुई लाख ठगी
भारतीय केन्द्रीय विद्यालयमा पढाउन मिलाइ दिन्छु भन्दै रु दुई लाख ठगी गरेको अभियोगमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका भङ्गाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ। राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै एक जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न बहाना बनाई ठगी गर्ने गरेकोसमेत खुल्न आएको छ। उनीउपर जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने