नेपालको आजको मौसम पूर्वानुमान: जल तथा मौसम विज्ञान विभाग
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज असार १३, २०८२ को लागि नेपालको मौसम पूर्वानुमान जारी गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहने अनुमान छ। देशका तराई क्षेत्रहरूमा तापक्रम ३६ डिग्रीसम्म पुग्न सक्छ।
देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू-भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
महाशाखाले वर्षा र चट्याङको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमसम्बन्धी थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइटमा पनि उपलब्ध छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- काठमाडौंको पानी पूर्ण बन्द, माग पूरा नभएको भन्दै मुहान थुनियो
- वीरगञ्ज नाकाबाट निर्यात वृद्धि
- परम्परा र प्रविधिको मेल: भोजपुरे खुकुरीले पर्यटनलाई उकास्दै
- आजको विदेशी मुद्राको विनिमय दर
- फिलिपिन्समा सय भन्दा बढी मरेको कल्माएगी तुफान भियतनाम आइपुग्यो
- पूर्वसिपाहीको कृषि उद्यम : ड्रागन फ्रुट फार्मबाट रोजगारी र धनसम्पत्ति
- पूर्वाधारले फेरियो तिनचुलेको मुहार : पर्यटकको चहलपहल बढ्यो
- मम्दानीको ऐतिहासिक जित तर वास्तविक चुनौतीहरू अझै बाँकी
- ७३ वर्षीय जोशिलो मौरीपालक: सुन्तलाबाट महतर्फको रोमाञ्चक यात्रा
- काठमाडौं:अस्पतालदेखि विमानस्थलसम्म नि:शुल्क वाइफाइ