संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको तत्काल राजीनाको फेरी माग गरेका छन्। यो उनको पछिल्लो आक्रमण हो जसले केन्द्रीय बैङ्कको स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। ट्रम्पले बुधवार आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पावेललाई “टु लेट” (धेरै ढिलो) भन्दै उनको तत्काल राजीनामाको माग गरेका हुन्। यो माग फेडरल हाउजिङ फाइनान्स एजेन्सी (एफएचएफए) का निर्देशक बिल पल्टेले पेवालमाथि “राजनीतिक पक्षपात” र “भ्रामक गवाही” को आरोप लगाएपछि आएको हो।
ट्रम्पले लामो समयदेखि पावेल र फेडरल रिजर्भको आलोचना गर्दै आएका छन्, विशेष गरी ब्याजदरहरू नघटाएको विषयमा। उनले ब्याजदरलाई १% मा झार्नुपर्ने बताउँदै आएका छन्, जसले आर्थिक वृद्धिलाई बढवा दिने उनको तर्क छ। पावेलले भने ट्रम्पको प्रस्तावित व्यापारिक कर (ट्यारिफ) ले मुद्रास्फीति बढाउन सक्ने भन्दै ब्याजदर कटौतीमा सावधानी अपनाउनुपर्ने बताएका छन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१७ मा पावेललाई फेडरल रिजर्भको अध्यक्षमा नियुक्त गरेका थिए। तर, हाल उनको नेतृत्वमाथि प्रश्न उठाउँदै ट्रम्पले पावेललाई हटाउने धम्की बारम्बार दिँदै आएका छन्। यद्यपि, अमेरिकी सङ्घीय कानुनअनुसार राष्ट्रपतिले फेडरल रिजर्भका अध्यक्षलाई “विशिष्ट कारण” बिना हटाउन सक्दैनन्, जसमा कुनै ठोस कदाचार वा गलत कार्य समावेश हुन्छ। मे महिनामा अमेरिकी सर्वोच्च अदालतले पनि फेडरल रिजर्भको स्वतन्त्रताको पक्षमा फैसला गरेको थियो।
बुधवार, एफएचएफएका निर्देशक बिल पल्टेले पावेलले वासिङ्टन डिसीमा फेडरल रिजर्भको मुख्यालय नवीकरणको विषयमा सिनेटमा “भ्रामक” बयान दिएको आरोप लगाए। उनले पावेलको “राजनीतिक पक्षपात” को अनुसन्धान गर्न कङ्ग्रेसलाई आग्रह गरेका छन्। ट्रम्पले यो बयानलाई समर्थन गर्दै पावेललाई तत्काल हटाउनुपर्ने बताए। उनले मङ्गलवार पत्रकारहरूसँग कुरा गर्दै पावेलको स्थानमा “दुई वा तीन” सम्भावित उम्मेदवारहरू भएको उल्लेख गरे, तर ती को हुन् भनेर खुलाएनन्।
पावेलको कार्यकाल सन् २०२६ को मेमा समाप्त हुँदैछ। उनले हालै एक कार्यक्रममा आफ्नो ध्यान आर्थिक स्थिरता, अधिकतम रोजगारी, र मूल्य स्थिरतामा केन्द्रित रहेको बताएका थिए। ट्रम्पको बारम्बारको आलोचनाप्रति उनले कुनै टिप्पणी गर्न अस्वीकार गरे।
ट्रम्पको यो कदमले फेडरल रिजर्भको स्वतन्त्रतामाथि खतरा उत्पन्न भएको विश्लेषकहरूले बताएका छन्। ब्याजदर र मौद्रिक नीतिहरू स्वतन्त्र रूपमा निर्धारण गर्ने फेडरल रिजर्भको परम्परालाई ट्रम्पको दबाबले चुनौती दिएको छ। पावेलले भने आर्थिक तथ्याङ्क र फेडरल रिजर्भको दोहोरो जनादेश (रोजगारी र मुद्रास्फीति नियन्त्रण) मा आधारित नीतिहरू बनाउने आफ्नो अडान कायम राखेका छन्।स्वतन्त्रता बिचको तनावले आगामी दिनहरूमा थप चर्चा र बहस निम्त्याउने देखिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: क्वाटरफाइनलको अन्तिम दिन, नर्वे र इङ्गल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दै
- सारङ्गीको धुनमा यमबहादुरको ३६ वर्ष
- गर्मी छल्न रिगतालमा पर्यटकको भीड
- पूर्णखोप सुनिश्चित नगर बन्यो सूर्यविनायक
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- कोशी, बागमती र लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी
- फिफा विश्वकप २०२६: बेल्जियमलाई २-१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
- फिफा विश्वकप २०२६: दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियमको महाभिडन्त
- आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
- मुगुमा माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु