धनगढी उपमहानगरपालिका–१४, फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केरा खेतीमार्फत आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। उनले भण्डारी बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी विगत छ वर्षदेखि यो व्यवसाय सञ्चालन गरिरहेका छन्।
१६ वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका भण्डारीले २० वर्ष विदेशमा बिताएर स्वदेश फर्किएपछि केरा खेतीमा लागेका हुन्। कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समयमा उनले यो व्यवसाय सुरु गरेका थिए। “विदेशबाट फर्किएपछि घरमा खाली बसिरहेको थिएँ। त्यति बेला विश्वभर कोभिड–१९ को प्रभाव थियो, अन्य व्यापार सुरु गर्ने अवस्था थिएन,” भण्डारीले भने, “गाउँमा केही व्यक्तिले केरा खेती गरेको देखेर मलाई पनि यही व्यवसाय गर्ने सोच आएको हो।
उनले आफ्नो एक बिघा जमिनमा केरा खेती गरेका छन्, जसबाट वार्षिक १५ लाख रुपैयाँको केरा बिक्री हुन्छ र करिब १० लाख रुपैयाँ नाफा हुने गरेको बताए। साथै उत्पादित केरा धनगढी र नजिकैका स्थानीय बजारमा बिक्री हुने गरेको छ।
भण्डारीको परिवारमा आमा, श्रीमती र छोराछोरीसहित पाँच जना छन्। उनले यो व्यवसायबाटै परिवारको लालन-पालन, छोराछोरीको शिक्षादीक्षा र अन्य खर्च धान्दै आएका छन्। जब धेरैजसो मानिस कमाइका लागि विदेश पलायन भइरहेका छन्, भण्डारीले भने विदेशको मोह छोडेर आफ्नै गाउँमा परिवार र समाजसँगै बसेर व्यवसाय गरिरहेका छन्।
भण्डारी गर्न सकियो भने आफ्नै देशमा पनि धेरै सम्भावना छ भन्ने उदाहरण बनेका छन् । उनले भने, “पाँच जनाको परिवारको खर्च यही व्यवसायले धानेको छ। सबैभन्दा ठुलो कुरा, आफ्नै देशमा परिवार र साथीभाइसँग बसेर काम गर्न र रमाउन पाउनु नै सुखको कुरा हो।
हाल उनको वडा नं. १४ मा करिब १० जना कृषकले केरा खेती गरिरहेका छन्। भण्डारीले यो व्यवसायको विस्तार र विकासका लागि सरकारले अनुदान, समयमै मल,खाद र बीउ बिजन सहुलियत मूल्यमा उपलब्ध गराएमा कृषकहरूलाई ठुलो सहयोग पुग्ने बताए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- काठमाडौंको पानी पूर्ण बन्द, माग पूरा नभएको भन्दै मुहान थुनियो
- वीरगञ्ज नाकाबाट निर्यात वृद्धि
- परम्परा र प्रविधिको मेल: भोजपुरे खुकुरीले पर्यटनलाई उकास्दै
- आजको विदेशी मुद्राको विनिमय दर
- फिलिपिन्समा सय भन्दा बढी मरेको कल्माएगी तुफान भियतनाम आइपुग्यो
- पूर्वसिपाहीको कृषि उद्यम : ड्रागन फ्रुट फार्मबाट रोजगारी र धनसम्पत्ति
- पूर्वाधारले फेरियो तिनचुलेको मुहार : पर्यटकको चहलपहल बढ्यो
- मम्दानीको ऐतिहासिक जित तर वास्तविक चुनौतीहरू अझै बाँकी
- ७३ वर्षीय जोशिलो मौरीपालक: सुन्तलाबाट महतर्फको रोमाञ्चक यात्रा
- काठमाडौं:अस्पतालदेखि विमानस्थलसम्म नि:शुल्क वाइफाइ