दक्षिण सुडानमा गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति चयन

गैरआवासीय नेपाली संघ दक्षिण सुडानमा राम प्रसाद पाध्याको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।
भर्चुअल माध्यमबाट सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण सुडानको तेस्रो अधिवेशनले राम प्रसाद पाध्याको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतको उपस्थिति रहेको थियो।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा ईश्वर प्रसाद सिग्देल र रुक्माङ्गद उपाध्याय, महासचिवमा बलराम दाहाल, सचिवमा रमेश बहादुर खत्री, कोषाध्यक्षमा आनन्द बाबु श्रेष्ठ, प्रवक्तामा राजदेव गुरुङ र युवा संयोजकमा हिरा सिंह पौडेल क्षेत्री चयन भएका छन्। आईसिसी सदस्यका रूपमा बाबुराम गौतमको नाम प्रस्ताव गरिएको छ भने कार्यसमितिका सदस्यहरूमा प्रज्वल राज भण्डारी, रामेन्द्र प्रसाद यादव, तिलक रोका, विक्रम रबी अरन, वेद बहादुर चौधरी, लक्ष्मी प्रसाद ओखाबु, मन बहादुर सार्की र कृष्ण बहादुर नेपाली रहेका छन्।
अधिवेशनपछिको पहिलो कार्यसमिति बैठकले दक्षिण सुडानमा अक्षय कोष स्थापना गर्ने, श्रम समझदारी सम्झौता (MoU) को पहल गर्ने, तथा समस्यामा परेका नेपालीहरूको उद्धार र सहयोगमा संघ अग्रसर रहने निर्णय गरेको छ। अध्यक्ष पाध्याले नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्व प्रवर्द्धन गर्न नियमित कार्यक्रम र सांस्कृतिक उत्सवहरू आयोजना गर्ने जानकारी दिए। साथै, उनले अफ्रिकाभर छरिएर रहेका नेपालीहरूलाई एकतामा गोलबद्ध गर्न डिजिटल प्लेटफर्म निर्माण गरिने घोषणा गरेका छन्, जसले नेपालीहरूको तथ्यांक संकलन र सहकार्यमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link