नवलपरासीमा चैते धानको उत्पादनमा वृद्धि भएको छ। नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१र८२ मा प्रतिहेक्टर ६.३मेट्रिक टन पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ५.९ मेट्रिक टन रहेकामा आव २०७९/८० मा प्रतिहेक्टर छ मेट्रिक टन रहेको थियो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जिल्लामा चैते धानको उत्पादकत्वसँगै उत्पादनमा वृद्धि भएको जानकारी दिए। जिल्लामा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा चैते धानको उत्पादनमा वृद्धि देखिएको उनको भनाइ छ।
जिल्लामा आव २०७९/८० मा एक हजार १० हेक्टर, आव २०८०/८१ मा एक हजार ५३ हेक्टर तथा आव २०८१/८२ मा एक हजार एक सय २० हेक्टरमा चैते धानको खेती गरिएको थियो ।
यसैबीच, जिल्लामा बर्खे धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये साउन ६ गतेसम्म १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको काफ्लेले जानकारी दिए। जिल्लामा यो वर्ष १८ हजार ७२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ। नवलपुरमा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८०.२ भागमा रोपाइँ सकिएको जानकारी दिए। नेपालमा मनसुन चाँडो भित्रिएको भनिए पनि यहाँ नियमित वर्षा हुन नसक्दा धान रोपाइँ ढिलाइ भएको उनको भनाइ छ । नियमित वर्षा भएको अवस्थामा साउन २० गतेसम्म जिल्लामा रोपाइँ सकिने काफ्ले बताए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान