रसुवा बाढी-पहिरोको बीमा दाबी ९८ करोड नाघ्यो

गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी-पहिरोबाट भएको क्षतिका कारण प्रारम्भिक बीमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार पुगेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल ७८ वटा बीमा दाबी दर्ता भएका छन्। यी दाबीहरूमा सम्पत्ति बीमा ६, सामुद्रिक बीमा ९, इन्जिनियरिङ तथा ठेकेदार जोखिम ५, मोटर बीमा (निजी) १६, र मोटर बीमा (सार्वजनिक) ४२ वटा समावेश छन्। प्राधिकरणका अनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा रु ५५ करोड, शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्योरेन्स कम्पनीमा रु ८ करोड ७३ लाख, र सानिमा जिआइसीमा रु ६ करोड ८४ लाख ८२ हजार बराबरको बीमा दाबी परेको छ।

यस्तै, नेको इन्स्योरेन्समा रु ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु २ करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा रु ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रु ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्समा रु ४७ लाख, सिद्धार्थ प्रिमियरमा रु ३१ लाख, र प्रभु इन्स्योरेन्समा रु २८ लाख बराबरको दाबी दर्ता भएको छ।

लेहेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरिएका सवारीसाधन, र रसुवागढी हाइड्रोपावरलगायतका संरचनामा ठुलो क्षति पुर्‍याएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link