नेपालमा गत वैशाखदेखि भदौ १४ गतेसम्म कूल ३,२८१ वटा विपद्का घटना भएका छन्। यी घटनाहरूमा २०७ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यी विपद्मा २२ जना बेपत्ता भएका छन् भने ७७४ जना घाइते भएका छन्। यस्तै, ५,९६३ परिवार यी घटनाबाट प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार, यो अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। कूल १,१९७ आगलागीका घटनामा १५ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन्। बруса
बाढीका २४३ घटनामा २७ जनाको ज्यान गएको छ, २२ जना बेपत्ता भएका छन् र १० जना घाइते भएका छन्। यी बाढीबाट १,७७८ परिवार प्रभावित भएका छन्।
पहिरोका ३६८ घटनामा १८ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। पहिरोबाट ४८१ परिवार प्रभावित भएका छन्।
भारी वर्षाका २६६ घटनामा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते र ७११ परिवार प्रभावित भएका छन्। चट्याङका २५८ घटनामा ३१ जनाको ज्यान गएको छ, १९३ जना घाइते भएका छन् र ३१७ परिवार प्रभावित भएका छन्।
यस्तै सर्पदंशका २६८ घटनामा ७२ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते र २७२ परिवार प्रभावित भएका छन्। वन डढेलोका १५८ घटनामा २ जना घाइते र २७ परिवार प्रभावित भएका छन्। हावाहुरीका २८० घटनामा ८ जनाको मृत्यु भएको छ, ४१ जना घाइते भएका छन् र ५३६ परिवार प्रभावित भएका छन्।
यसैगरि जनावर आक्रमणमा १५ जनाको मृत्यु भएको छ। लेक लाग्ने ४९, भूकम्प ५, डुङ्गा पल्टने २, असिना हुरी, असिना र महामारीका एक/एक घटना भएका छन्। प्राधिकरणले विपद्सँग जुध्न आवश्यक सतर्कता र तयारी गर्न आग्रह गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मावि सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा: राज्यको ध्यान कहिले जाने?
- पुल नहुँदा अस्थायी डाइभर्सनकै भर: बाढी आउनासाथ ठप्प हुन्छ पाँचथरको यातायात
- चरा संरक्षणमार्फत पर्यावरणीय सन्तुलन र पर्यटन विकासको बहस
- जर्मन सरकारको अनुदानमा धुलिखेल खानेपानीको पुन:निर्माण
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम:चट्याङसहित मध्यम वर्षाको सम्भावना
- श्रमदानबाट ठडियो धरानमा ज्येष्ठ नागरिक उद्यान
- नेपालगन्ज भन्सार: दस महिनामा ६८.२ प्रतिशत मात्र राजस्व संकलन
- समुद्री स्रोतको दिगो संरक्षण र अन्तर्राष्ट्रिय दिवस
- आज विश्व वातावरण दिवस