सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले दिएको जानकारीअनुसार आइतबार राति १० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको छ।
आइतबार दिउँसो २ बजे मापन गर्दा पानीको प्रवाह प्रतिसेकेन्ड १ लाख ७४ हजार ३७५ क्युसेक थियो, र त्यति बेला ब्यारेजका २३ ढोका खोलिएका थिए।
प्रवक्ता खतिवडाका अनुसार हाल कोशी ब्यारेजका ५६ ढोकामध्ये ३१ ढोका खोलिएको छ।
कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने प्रचलन छ।
सोहीअनुसार कन्ट्रोल रुमले रातो बत्ती बालेको छ।
प्रहरी प्रवक्ता खतिवडाले पहाडी क्षेत्रमा भइरहेको लगातार वर्षाका कारण नदीको जल सतह बढिरहेको बताए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ३ अर्ब ९० करोड लागतमा ३० मेगावाट आयोजना अघि बढ्यो
- सुन्तला म्याग्दीको प्रमुख नगदेबाली
- नेपालको बहादुरी: इङ्गल्यान्डविरुद्धको सनसनीपूर्ण भिडन्त
- २५ वर्षमा २६ लाख पर्यटकले रोजे अन्नपूर्ण
- फागुन २१ को निर्वाचनअघि मतदाता सचेतना अभियान
- सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
- वायु प्रदूषण अस्वस्थ तहमा
- प्रतिनिधिसभा निर्वाचन : आयोगले ९ प्रकारका सामग्री पठाउने
- कुष्ठरोग प्रभावितविरुद्ध विभेद अन्त्य गर्न कानुन सुधार आवश्यक
- फोक्सिङटार बेलिब्रिज सञ्चालनमा आएपछि घुमाउरो बाटोबाट मुक्ति