मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि ४,७०० मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा ‘टप अफ दी वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ। आयोजक मुस्ताङ गल्फ कोर्सले पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो।
प्रतियोगितामा स्वदेश र विदेशका गरी ६० भन्दा बढी गल्फरहरूले भाग लिने आयोजक संस्थाका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बताए। उनले भने, “यस संस्करणमा नेपालका शीर्ष गल्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।”
गत वर्षसम्म नौ होलमा सीमित यो प्रतियोगिता यस वर्ष १८ होलमा विस्तार गरिएको छ। विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित ट्रफी प्रदान गरिनेछ।
‘होल इन वान’ गर्ने भाग्यशाली गल्फरलाई पुरस्कार स्वरूप घोडा प्रदान गरिने प्रबन्ध निर्देशक विष्टले बताए। “यो पुरस्कार विश्वभरका गल्फरहरूका लागि अनौठो र आकर्षक हुने हाम्रो विश्वास छ,” उनले भने।
प्रतियोगिता ‘स्टेवलफोर्ड’ ढाँचामा सञ्चालन हुनेछ। यसमा विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’ र ‘लङ्गेस्ट ड्राइभ’ का लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ।
यस वर्षको प्रतियोगिता ‘टी फर क्लाइमेट’ नारासहित आयोजना हुनेछ। “मुस्ताङ जलवायु सङ्कटको चपेटामा छ। हामी यो उच्च स्थानको गल्फ कोर्समार्फत विश्वको ध्यानाकर्षण गराउन चाहन्छौँ,” विष्टले भने।
प्रतियोगिताका क्रममा स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुतिहरू पनि प्रदर्शन गरिनेछ। गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका र विभिन्न सङ्घसंस्थाहरूले प्रतियोगितालाई सहयोग गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न रु १० देखि १२ लाख खर्च हुने अनुमान छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फर्से बस्ती बगर बन्दा खल्लो बनेको दसैँ
- च्याम्पियन्स लिग: ८३ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल म्याड्रिडको रोमाञ्चक पुनरागमन
- आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको आराधना र पूजा
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- छ वटा प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
- कागजमै सीमित तनहुँका पूर्वाधार आयोजना
- नर्ड स्ट्रिम पाइपलाइन विस्फोट: युक्रेनी पूर्वसैन्य अधिकारीमाथि जर्मनीमा मुद्दा सुरु
- च्याम्पियन्स लिग: आर्सनलको शानदार जित, म्यानचेस्टर युनाइटेड पराजित
- नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
- आजको मौसम पूर्वानुमान