मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि ४,७०० मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा ‘टप अफ दी वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ। आयोजक मुस्ताङ गल्फ कोर्सले पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो।
प्रतियोगितामा स्वदेश र विदेशका गरी ६० भन्दा बढी गल्फरहरूले भाग लिने आयोजक संस्थाका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बताए। उनले भने, “यस संस्करणमा नेपालका शीर्ष गल्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।”
गत वर्षसम्म नौ होलमा सीमित यो प्रतियोगिता यस वर्ष १८ होलमा विस्तार गरिएको छ। विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित ट्रफी प्रदान गरिनेछ।
‘होल इन वान’ गर्ने भाग्यशाली गल्फरलाई पुरस्कार स्वरूप घोडा प्रदान गरिने प्रबन्ध निर्देशक विष्टले बताए। “यो पुरस्कार विश्वभरका गल्फरहरूका लागि अनौठो र आकर्षक हुने हाम्रो विश्वास छ,” उनले भने।
प्रतियोगिता ‘स्टेवलफोर्ड’ ढाँचामा सञ्चालन हुनेछ। यसमा विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’ र ‘लङ्गेस्ट ड्राइभ’ का लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ।
यस वर्षको प्रतियोगिता ‘टी फर क्लाइमेट’ नारासहित आयोजना हुनेछ। “मुस्ताङ जलवायु सङ्कटको चपेटामा छ। हामी यो उच्च स्थानको गल्फ कोर्समार्फत विश्वको ध्यानाकर्षण गराउन चाहन्छौँ,” विष्टले भने।
प्रतियोगिताका क्रममा स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुतिहरू पनि प्रदर्शन गरिनेछ। गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका र विभिन्न सङ्घसंस्थाहरूले प्रतियोगितालाई सहयोग गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न रु १० देखि १२ लाख खर्च हुने अनुमान छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मावि सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा: राज्यको ध्यान कहिले जाने?
- पुल नहुँदा अस्थायी डाइभर्सनकै भर: बाढी आउनासाथ ठप्प हुन्छ पाँचथरको यातायात
- चरा संरक्षणमार्फत पर्यावरणीय सन्तुलन र पर्यटन विकासको बहस
- जर्मन सरकारको अनुदानमा धुलिखेल खानेपानीको पुन:निर्माण
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम:चट्याङसहित मध्यम वर्षाको सम्भावना
- श्रमदानबाट ठडियो धरानमा ज्येष्ठ नागरिक उद्यान
- नेपालगन्ज भन्सार: दस महिनामा ६८.२ प्रतिशत मात्र राजस्व संकलन
- समुद्री स्रोतको दिगो संरक्षण र अन्तर्राष्ट्रिय दिवस
- आज विश्व वातावरण दिवस