रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार चीनको भ्रमण समाप्त गरी स्वदेश फर्कने क्रममा युक्रेनसँग शान्ति सम्झौता हुन नसके युद्ध जारी राख्ने कडा चेतावनी दिएका छन्।
गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेर युद्ध विरामका लागि मध्यस्थता गरेका थिए। तर, ट्रम्पको कूटनीतिक प्रयासका बाबजुद साढे तीन वर्षदेखि जारी युक्रेन-रुस युद्ध समाधानतर्फ अघि बढ्न सकेको छैन।
पुटिनले बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै भने, “मैले सोचेको थिएँ, सुरुङको अन्त्यमा उज्यालो देखिन्छ, तर यदि युद्ध विरामका प्रयासलाई बेवास्ता गरियो भने हामी युद्ध जारी राख्नेछौँ।” उनले आफ्ना सेनाहरू “सबै मोर्चामा अघि बढिरहेको” दाबी गरे।
“परिस्थिति कसरी विकसित हुन्छ, हेरौँ। यदि सम्झौता भएन भने हामीले सैन्य रूपमा सबै कुरा समाधान गर्नुपर्नेछ,” पुटिनले सम्झौताको सम्भावनाबारे सोधिएको प्रश्नमा भने।
क्रेमलिन प्रमुख पुटिनले जेलेन्स्कीसँग तत्काल भेट गर्न अस्वीकार गर्दै युक्रेनी नेताको वैधतामाथि प्रश्न उठाए। उनले भने, “राष्ट्रपति ट्रम्पले मलाई यस्तो बैठकका लागि आग्रह गर्नुभयो। मैले जेलेन्स्कीलाई मस्को आउन निम्तो दिएको छु।”
गत अगस्टमा एक स्रोतले एएफपीलाई बताएअनुसार जेलेन्स्कीले मस्कोमा वार्ताका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका थिए। पुटिनले थपे, “यदि वार्ताका लागि प्रतिनिधिमण्डलको स्तर बढाउन आवश्यक छ भने हामी त्यसका लागि तयार छौँ।”
यसै बिच, मस्कोले बुधवार बिहान युक्रेनमा ५०० भन्दा बढी ड्रोन आक्रमण गरेको थियो।
साथै पूर्वी युक्रेनको एक सीमा सहरमा भएको गोलाबारीमा ९ जना सर्वसाधारणको ज्यान गएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन