जेन जीको आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओली दिए ‍राजीनामा

जेन जी युवा पुस्ताले गरेको आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट ‍राजीनामा दिएका छन्।उनको सचिवालयले ओलीद्वारा राष्ट्रपतिलाई पठाएको राजीनामा सार्वजनिक गरेको छ।

साथै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको रातोपाटी लाई बताए ।

गत वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको यो कार्यकाल चौथो थियो।

जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि प्रधानमन्त्रीलाई राजीनामा दिन दबाव परेको थियो।

सत्ता साझेदार कांग्रेस र जसपाका कैयौँ मन्त्रीहरूले सरकारबाट राजीनामा दिए लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

जेन जी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र नागरिक सरकारको माग गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link