प्रदर्शनका कारण नेपालमा बङ्गलादेशका खेलाडी अलपत्र

बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीका खेलाडी नेपालमा अलपत्र परेका छन् । नेपालमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न आएका खेलाडीहरू जेनजीको आन्दोलनका कारण नेपालमा अलपत्र परेका हुन् ।

नेपाल र बङ्गलादेशबिचको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुने तालिका रहेको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो परिस्थिति हेरेर खेल स्थगित गरेको थियो ।

एन्फाका प्रवक्ता सुरेश शाहले बङ्गलादेशका खेलाडी सबै सुरक्षित भएको र आज १२ बजेपछि त्रिभुवन विमानस्थल खुलेपछि घर पठाउने तयारी भएको बताएका छन् ।

‘म निरन्तर बङ्गलादेशको एम्बेसीसँग सम्पर्कमा छु । खेलाडीहरू सुरक्षित छन् । आज १२ बजेपछि विमानस्थल खुलेपछि बङ्गलादेश पठाउने योजना छ,’ शाहले रातोपाटीसँग भने ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link