भोजपुरमा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ ।
बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् ।
जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भएपनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ ।
जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ ।
जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धानबालीमा क्षति पुर्याएको भोजपुर नगरपालिका-५ बोखिमका स्थानीय किसान रूपनारायण फुयाँलले बताए।
बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा बर्सातले क्षति पुर्याएको उनको भनाइ छ।
‘भारी वर्षातका कारण धानबालीमा क्षति पुगेको छ’, उनले भने, ‘पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- धवलागिरि हिमाल आरोहणको ६६ वर्ष पूरा
- न्यूयोर्कमा नेपाली पहिचान झल्काउने ‘नेपाल डे परेड’को तयारी
- संसद्का दुवै सदनमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै
- राष्ट्रिय परीक्षा बोर्डद्वारा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक
- गुजरातद्वारा हैदराबाद ८२ रनको विशाल अन्तरले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- सरकारको आव २०८३/८४ को नीति तथा कार्यक्रम : के के छ? (पूर्णपाठ)
- तरकारी खेतीले बदलिएको थारु महिलाको जीवनशैली
- रोमाञ्चक भिडन्त: दिल्ली क्यापिटल्सद्वारा पन्जाब किङ्स ३ विकेटले पराजित
- वन्यजन्तु जोगाउन सडक विभागसँग ओभरपास निर्माणको सुझाव