शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गरिएको छ । निकुञ्ज प्रशासनले सोमबारदेखि पर्यटकका लागि शुक्लाफाँटामा जंगल सफारी खुला गरेको हो ।
वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरी खुला गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
अन्य रुटमा मर्मत कार्य चलिरहेकोले पर्यटकले मझगाउँ बठनिया ताल–बाबा ताल दुधिया क्याम्प रानी ताल हुँदै सिंहपुरसम्म पुगी सोही रुटबाट फिर्ता हुनुपर्ने छ । त्यसै गरी मझगाउँ पलियाफाँटा–हात्तिसार चोक बर्कोला पोष्टसम्म पुगी सोही रुटबाट फिर्ता हुने गरी निकुञ्ज सफारी खुला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
विगतका वर्षमा असोज १ गतेदेखि निकुञ्ज सफारी खुला गरिने भए पनि यस पटक वर्षाले निकुञ्जभित्रका पर्यटक पथ बिग्रेका कारण ढिलो गरी सफारी सुरु भएको हो । तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिँगाका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिँगा छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि निकुञ्जमा छन । जसमा पाटेबाघ, एकसिंघे गैँडा, हात्ती बाह्रसिँगा, कृष्णसार, सालक, निलगाई, चितुवा, चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेललगायत रहेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हेम्जाकोट गाउँ र माछापुच्छ्रे हिमाल
- पनौती प्रेस पूर्ण सञ्चालनतर्फ : छ महिनामा नागरिकता-लाइसेन्ससहित नौ सेवा
- आज गणेशमान सिंहको १११औँ जन्म जयन्ती मनाइँदै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- ट्रम्पको भाषण सम्पादनको आलोचना पछि बिबिसीका निर्देशकले दिए राजीनामा
- विभिन्न सडक दुर्घटनामा एकको मृत्यु, १७ घाइते
- महाकाली करिडोर: सुदूरपश्चिमको लाइफलाइन अलपत्र
- ‘एनटिभी वर्ल्ड’ आजदेखि: पिएसबी नेपालको स्थापनाको प्रथम वर्षोत्सव
- आजको विदेशी मुद्राको विनिमय दर
- स्याउले सिप्तिङ होमस्टे: आठपहरियाको संस्कृति र पर्यटनको नयाँ ढोका