भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशैभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बनेको छ। यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र उन्नत प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गरेको छ।
गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ भने करिब नौ सय किसान यसमा आबद्ध छन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार अध्ययन, अवलोकनका लागि देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञहरू आउने गरेका छन्।
हालै सिन्धुलीको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारुसहितको टोलीले यहाँको खेती प्रविधि, आम्दानी र चुनौतीबारे स्थलगत जानकारी लिएको थियो। थारुले यहाँको प्रविधिबारे सिकेर आफ्नो स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताए।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार गत वर्ष खुर्सानी बिक्रीबाट मात्रै १८ करोड रुपैयाँ आम्दानी भएको थियो। खुर्सानी खेती अहिले मुख्य आम्दानीको स्रोत र अध्ययन केन्द्रको रूपमा विकास भइरहेको उनको भनाइ छ।
गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब ७० लाख रुपैयाँ बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताइन्।
किसान ठंगजीत राईले ४२ रोपनी जग्गामा करिब ३२ हजार बिरुवा विस्तार गरी वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। पौवादुङमाको खुर्सानी खेतीले स्थानीय रोजगारी बढाउनुका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मावि सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा: राज्यको ध्यान कहिले जाने?
- पुल नहुँदा अस्थायी डाइभर्सनकै भर: बाढी आउनासाथ ठप्प हुन्छ पाँचथरको यातायात
- चरा संरक्षणमार्फत पर्यावरणीय सन्तुलन र पर्यटन विकासको बहस
- जर्मन सरकारको अनुदानमा धुलिखेल खानेपानीको पुन:निर्माण
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम:चट्याङसहित मध्यम वर्षाको सम्भावना
- श्रमदानबाट ठडियो धरानमा ज्येष्ठ नागरिक उद्यान
- नेपालगन्ज भन्सार: दस महिनामा ६८.२ प्रतिशत मात्र राजस्व संकलन
- समुद्री स्रोतको दिगो संरक्षण र अन्तर्राष्ट्रिय दिवस
- आज विश्व वातावरण दिवस