आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरूको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन्।
मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।

उनले भने, “गतवर्ष तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गरेका छन्। मुहान बन्द गरिएपछि बिहीबार दिउँसोदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ।”
विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरूका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन्। वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो।
मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए। सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण: रणनीतिक साझेदारीको नयाँ अध्याय
- नेपाल प्रिमियर लिग क्रिकेट : सुदूरपश्चिम क्वालिफायरमा, काठमाडौँ प्लेअफमा, आज लुम्बिनी-जनकपुर भिडन्त हुँदै
- महानगरपालिकाले जाँच्दैछ मेयर–कर्मचारीको बडी फ्याट र मधुमेह !
- फागुन २१ को निर्वाचन : आयोगको पूर्ण कार्यसूची सार्वजनिक
- भारत सरकारको सञ्चार साथी एप प्रि -इन्स्टल आदेश फिर्ता : गोपनीयताको चिन्ताले चर्कियो बहस
- मुस्ताङको स्याउको कमाल : ६४४ टन कम फल्दा पनि १६ करोड बढी आम्दानी
- तनहुँ र गुल्मीमा सुन्तला उत्पादनले किसानलाई राहत, तर चुनौतीहरू कायम
- नेपाल प्रिमियर लिग : हिजो लुम्बिनीको शानदार जित, आज दुई रोमाञ्चक खेल हुँदै
- आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै
- वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने