नेपालमा जातीय द्वन्द बढाउन एउटा सशस्त्र समूह तयार भइरहेको सूचनाबारे सुरक्षा निकायहरूले त्यति चासो नराखेकोमा एक छिमेकी सुरक्षा विश्लेषक संस्थाले चिन्ता प्रकट गरेको छ।
स्वतन्त्र समाचारलाई प्राप्त एक विश्लेषण-पत्र अनुसार नेपालको आन्तरिक सुरक्षा अवस्था थप बिग्रने सङ्केतहरू प्राप्त भएको उल्लेख गरिएको छ।
सो विश्लेषण नेपालको पूर्वी तथा मध्य पहाडी क्षेत्रमा सघन बसोबास रहेको जनजाति समूहहरूलाई धार्मिक रूपान्तरणद्वारा सङ्गठित गर्दै राजनितिक रूपमा जातीय हिंसामा प्रयोग गर्ने योजना निकै ‘डिप रुटेट’ भइसकेको भन्ने आधारमा गरिएको छ।
नेपालका स्थानीय प्रशासनहरू र शासकीय निकायहरू यसबारे सजग बन्न नसकेकोमा चिन्ता प्रकट गर्दै त्यस्तो सशस्त्र शक्ति अहिले असङ्गठित रूपमा रहेको भए पनि त्यसले तालिम र केहि हतियारहरू प्राप्त गरिसकेको उल्लेख गरिएको छ।
नेपालमा कुनै पनि बेला जातीय हिंसा फैलन सक्ने र सो को मारमा खस आर्य जाति समूह पर्न सक्ने प्रक्षेपण गरिएको सो सुरक्षा विश्लेषणमा त्यस्तो सशस्त्र समूहसँग चालिस हजार बढी सैन्य तालिम प्राप्त लडाकुहरू रहेको र त्यसमा पूर्व माओवादी लडाकुहरू तथा केही शरणार्थी समुदायका युवाहरू समेत रहेको दाबी गरिएको छ।
हालै कोशी प्रदेशको नामकरणलाई लिएर पुन ब्युँताउन खोजेको विवादलाई यस सूचनासँग गाँसेर हेर्ने हो भने कतै द्वन्द्वको निहुँ तयार गर्न खोजिएको अर्थ लगाउन सकिन्छ।
सतहमा ‘जातीय अधिकार’को सङ्घर्ष देखाउन खोजिए पनि यस समूहको ‘कोर’ भने धार्मिक रहेको उल्लेख गर्दै सो सुरक्षा विश्लेषण पत्रमा उत्तर-पूर्वी भारतका केही ‘चर्च’हरूको सक्रियता शङ्कास्पद रहेको पनि लेखिएको छ।
सो विश्लेषण-पत्रमा “नेपाललाई यस द्वन्दमार्फत अस्थिर बनाउँदा क्षेत्रीय कलहका लागि उपयोगी क्षेत्रका रूपमा पूर्वी नेपाललाई प्रयोग गर्न सहज हुने हुनाले सो क्षेत्रमा जातीय उग्रता प्रोत्साहित गरिएको हुनसक्ने अनुमान गर्दै सुरक्षा विश्लेषकहरूले नेपालको लोकतान्त्रिक संरचनाहरू औपचारिक मात्र रहेकोले सो अवस्थाको सामना गर्न असक्षम रहेको बताएका छन्” भनिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सरकारी विज्ञापन निषेधको निर्णय सर्वाेच्चद्धारा खारेज
- फिफा विश्वकप २०२६: पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबिच महाभिडन्त
- विकासको मूल प्रवाहबाट टाढा डडेलधुराको पलगडी गाउँको कथा
- सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देख्दैनन्
- तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
- एआईको आगामी ठुलो क्रान्ति: सिलिकन भ्यालीबाट होइन, उदीयमान बजारबाट हुने सङ्केत
- खाद्य लेबलिङ विवाद: युरोपेली सङ्घको पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा
- कोसीमा जलस्तर बढेपछि ब्यारेजका ५६ मध्ये २० वटा ढोका खुल्ला
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- मौसम अपडेट: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?