सिनेजगतमा प्रवेश सजिलो, दिगोपन गाह्रो : महानायक हमाल

नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रूपमा टिक्न गाह्रो भएको बताएका छन् ।

फाइन प्रिन्टद्वारा शनिवार सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा. नवराज केसीसँगको अन्तरंगमा महानायक उपनाम पाएका हमालले नायक नायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गरे । उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको जनाए ।

मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी हुने जनाउँदै उनले भने, “भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायतका सबै रस पाइन्छन् । कला र साहित्यले समाजका सबै खाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकेल्छ ।” आफ्नो पुस्तक युगदेखि युगसम्मले कला, साहित्य, कलाकारिता र सिने क्षेत्रका अन्तर वस्तुलाई उल्लेख गरेको महानायक हमालले बताए ।

डा. केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु र दिगोपन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा उनीसँग अन्त संवाद गरेका थिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link