स्मृतिका युद्धहरू: कसरी सूचनाको हकले लोकतान्त्रिक र बहुलवादी समाज निर्माणमा योगदान दिन्छ?

राष्ट्रिय अभिलेखालयहरू, गोप्यता हटाउने प्रक्रिया र सूचनाको हकले खतरनाक राष्ट्रिय निर्दोषताको मिथकविरुद्ध प्रतिरक्षा प्रदान गर्दछ।

जोसेफ फोटी

सोभियत सङ्घको विघटन हुँदा युक्रेनका राष्ट्रिय सुरक्षासम्बन्धी कागजातहरू युक्रेनी सुरक्षा सेवा (एसबीयू) को कडा नियन्त्रणमा नै रहे। २०१४ को युरोमेडन क्रान्तिपछि, युक्रेनी विशेष सेवाका कागजातहरू सार्वजनिक गरिए।

तर एकै चोटि होइन।

यी कागजातहरू कसरी सार्वजनिक भए भन्ने कुराले देशको हालसालको अधिनायकवादी विगत र अहिले फुलिरहेको लोकतन्त्रबिचको सङ्घर्षलाई प्रतिबिम्बित गर्दछ। देशको थप सूक्ष्म इतिहासलाई क्रमशः अँगाल्ने प्रक्रिया तत्कालै भएको थिएन। यसले देशको बहुलवादी समाजतर्फको आफ्नै परिवर्तनलाई प्रतिबिम्बित गर्दथ्यो — जुन एक यस्तो समाज हो जहाँ विरोधाभास दृष्टिकोणहरूलाई पनि स्थान दिइन्छ।

२०१४ को क्रान्तिपछिको “डी-कम्युनाइजेसन” कानुनहरूले कागजातहरूको गोप्यता हटाउने आवश्यकता राखेका थिए तर तिनले राष्ट्रिय निर्दोषताको मिथकलाई कायम राख्न केही कागजातहरूको प्रकाशनलाई भने अपराध ठहराएका थिए। विशेष रूपमा ती कानुनहरूले २०औँ शताब्दीको मध्यबाटका कम्युनिस्ट-विरोधी राष्ट्रवादीहरूलाई नकारात्मक रूपमा चित्रण गर्ने कागजातहरूको जारी गर्न निषेध गरेका थिए। देशका अभिलेखविद्हरू विशेष गरी भोल्दिमिर भियाट्रोभिचलाई विवादास्पद कागजातहरूको नियन्त्रणमार्फत यो इतिहासलाई छोप्न खोजेको आरोप लगाइएको थियो। युक्रेनी इतिहासकारहरूको एक समूहका अनुसार दबाइएका कागजातहरूमा १९३० र १९४० को दशकमा यहुदीहरू र कुलकहरू (धनी किसानहरू) को हत्यामा संलग्न ती कम्युनिस्ट-विरोधी सङ्गठनहरू सम्बन्धी जानकारी समावेश थिए।

युक्रेनले त्यसपछि थप खुला दृष्टिकोण अपनाएको छ र अब जनताहरुको त्यस समयका धेरै महत्त्वपूर्ण ऐतिहासिक कागजातहरूमा पहुँच रहेको छ।

इतिहास हामीले चाहेको भन्दा बढी जटिल छ। संसार शुद्ध रूपमा राम्रा र नराम्रा मानिसहरूमा विभाजित छैन। युक्रेन जस्ता देशहरूले इतिहासलाई पूर्ण रूपमा राम्रो वा नराम्रो भनेर चित्रण नगर्नुको महत्वलाई दर्साउँछ। एक राष्ट्रले आफ्ना देशवासीलाई सुनाउने कथनहरूमा सूक्ष्मता र जटिलतालाई स्वीकार गर्नुले थप जटिल देशभक्तिको ढोका खुल्छ। फलस्वरुप: यसले पुनर्विचार र प्रगतिलाई अनुमति दिन्छ।

विशेष गरी ऐतिहासिक कागजातहरू सहित यो अवरोधरहित सूचनामा पहुँचले गर्दा इतिहासकारहरू र अन्य विद्वानहरूलाई जटिल सत्यलाई उजागर गर्न मद्दत गर्दछ। यससँगै तिनीहरू बहुलवादी, बहुआयामी इतिहास चित्रण गर्न सक्छन् — जसमा गल्तीहरू, विवादित क्षेत्रहरू र नपहिल्याइएका बाटाहरू समावेश छन्। यस्ता इतिहासले थप विस्तृत भविष्यहरूको सम्भावनालाई उजागर गर्दछ।

तर विश्वका धेरै देशहरूमा बढ्दो अधिनायकवादी नेताहरूले नियन्त्रण लिँदै जाँदा राष्ट्रिय इतिहासहरूलाई सरलीकृत गरी आफ्नो लाभका लागि ऐतिहासिक अभिलेखहरूमा भएको पहुँचलाई पछि धकेल्ने प्रयास भइरहेको छ। यसले ऐतिहासिक अभिलेखहरूमा रहेको पहुँचलाई पहिलेभन्दा झन् महत्त्वपूर्ण बनाउँछ।

जनवाद र राष्ट्रिय निर्दोषताको मिथक

“राष्ट्रिय निर्दोषता” अधिनायकवादी परियोजनाको मूल मन्त्र हो।

हामी यो ढाँचालाई विश्वभरि देख्न सक्छौँ। जनवरी २०१८ मा, पोल्यान्डले २०१८ को “राष्ट्रिय स्मृति संस्थान ऐनमा संशोधन” गर्‍यो। यो कानुनले द्वितीय विश्वयुद्धका क्रममा सरकारले नाजी अपराधहरूसँग सहकार्य गरेको दाबी गर्ने कुनै पनि अभिव्यक्तिलाई अपराध ठहरायो। टर्कीमा आर्मेनियाली नरसंहारको अस्वीकार विभिन्न सरकारहरूमा निरन्तर र तीव्र थियो, जुन वर्तमान सरकार अन्तर्गत थप तीव्र भएको छ। संयुक्त राज्य अमेरिका पनि इतिहासको सफाइमा देखिएको छ जसमा “एन्टी-वोक” कानुनहरूको एक शृङ्खला, दासताको सार्वजनिक स्मृतिहरूको मेटाइ, र नरसंहारकारी व्यक्तिहरूको पुनरुत्थान समावेश छ।

अधिनायकवादी नेताहरूका लागि  ‘राष्ट्रिय निर्दोषताको मिथक’ को ठोस उपयोगहरू छन्।

१. पीडितताले असहमतिलाई विश्वासघातमा परिणत गर्दछ: राष्ट्र निर्दोष भएकोले यसलाई अन्यथा चित्रण गर्नु राष्ट्रविरुद्धको अपराध हो। इतिहासलाई जटिल भनेर चित्रण गर्नेहरू केवल वैकल्पिक आवाजहरू होइनन्; तिनीहरू भ्रष्ट र सम्भवतः देशद्रोही हुन्।

२. पीडितता राष्ट्रको रक्षाका लागि परिचालित हुन्छ: निर्दोष राष्ट्रलाई आफ्नै आन्तरिक र बाह्य शत्रुहरूबाट रक्षा गर्न आवश्यक छ। त्यस्तो परिचालन बिना राष्ट्रलाई गलत रूपमा आरोपित र अपमानित गरिनेछ।

३. निर्दोषताले सामाजिक प्रगतिको आवश्यकतालाई समाप्त गर्दछ: यदि राष्ट्र सधैँ निर्दोष छ भने विगतका हानिहरूलाई सम्बोधन गर्नु आवश्यक छैन र वर्तमान असमानताहरूलाई व्याख्या गर्नु वा वर्तमान अन्यायहरूलाई सम्बोधन गर्नु पनि आवश्यक छैन। राज्यको काम पुराना पदानुक्रमहरूलाई पुनर्स्थापित गर्नु हो — तिनको उल्टो रूपमा परिवर्तन मात्र नै समस्याग्रस्त छ।

४. निर्दोषताले राज्यका नयाँ अपराधहरूलाई आत्मरक्षाको रूपमा चित्रण गर्दछ: अन्य देशहरू वा “आन्तरिक शत्रुहरू” माथिका नयाँ आक्रमणहरू केवल आत्मरक्षा मात्र हुन सक्छन्, किनकि राष्ट्रले कहिल्यै अपराध गरेको छैन।

माथिका यी दाबीहरू एकसाथ जोडेर हेर्दा, सत्तामा रहेको समूह (जसले आफूलाई “निर्दोष” को उत्तराधिकारी ठान्छ) को वर्चस्व वा सामाजिक सफाइका लागि खतरनाक माफी बन्न पुग्छन्। राष्ट्रिय निर्दोषताको विचारधाराले अनुरूपतामार्फत एकताको माग गर्दछ। यसको सबैभन्दा कमजोर रूपमा  यसले राष्ट्रको सांस्कृतिक संस्थाहरूलाई क्षयीकरण गर्दछ: यसका सङ्ग्रहालयहरूलाई पुनः धोएर सफा परिन्छ, यसको कलाहरुलाई सादा बनाउँछ र इतिहासको समृद्धिलाई पातलो बनाउँछ। तर सबैभन्दा बलियो रूपमा यसले राज्यद्वारा अनुमोदित हिंसाको परिणाम जस्तो खतरनाक अवस्थामा पुर्‍याउन सक्छ।

उदार लोकतन्त्रका लागि आवश्यक छ खुला सूचना

राष्ट्रिय निर्दोषताको मिथक बहुलवादको विपरीत हो। बहुलवाद भनेको इतिहास, राजनीति र कलाका व्याख्याहरू र दृष्टिकोणहरूको बहुलता हुनुपर्छ भन्ने विचार हो । यसको अर्थ इतिहास व्याख्याका लागि खुला छ, जहाँ प्रत्येक पुस्ताले नयाँ प्रश्नहरू सोध्छ र नयाँ प्रमाणहरू हेर्छ। निर्दोषता वा अपराध – र, परिणामस्वरूप पाउनु पर्ने न्याय – प्रत्येक पुस्तामा धेरै फरक पक्षहरूबाट संरक्षण, व्याख्या र सार्वजनिक बहसमार्फत सुनवाई गरिन्छ। इतिहासले भुलेका नायकहरूलाई पुनर्स्थापित गरिन्छ र पुराना नायकहरू अब अभिलेखालयमा धुलो लागेर बसेका हुन्छन्। कुनै स्थायी सन्तुलन बिन्दु हुँदैन।

यो गतिशीलता नै ठिक यसको उद्देश्य हो र यो फल्दो फुल्दो लोकतन्त्रका लागि आवश्यक छ, जसको मुख्य विशेषता अव्यवस्थित प्रतिस्पर्धा र बहु आयामका आवाजहरू हुन्। उदारवादले असहमतिलाई मान्यता दिन्छ, र स्वतन्त्र असहमतिले प्रगतिलाई अगाडि बढाउँछ। यो प्रत्येक पुस्ताले आफ्नो स्मृतिलाई पुनः आविष्कार गर्दै फल्छ र अगाडी बढ्छ।

यसरी बहुलवाद राम्रा अभिलेखहरूमा निर्भर हुन्छ। प्रत्येक पुस्ताले आफ्ना नयाँ प्रश्नहरू सोध्नका लागि उसको अ-संशोधित विगतमा पहुँच हुनुपर्छ। राष्ट्रिय अभिलेखालयहरू र ती अभिलेखहरूमा पहुँच हुनु आवश्यक छ। यसको अर्थ सूचनाको हकका कानुनहरू, गोप्यता हटाउने र साँचो अभिलेखहरू सार्वजनिक गर्ने हो।

कसरी निर्माण गर्ने खुला सूचनाको आधार

यद्यपि आफ्ना अभिलेखहरूलाई पहुँचयोग्य बनाए पनि युक्रेन अझै पनि सङ्कटबाट पूर्ण रूपमा मुक्त भएको छैन। तर सूचनाको खुलापनलाई रूढिवादी नेताहरूले देशको स्वतन्त्रतालाई कमजोर पार्न यसको दुरुपयोग गर्न सक्छन्। विशेष गरी राष्ट्रवादी समूहहरूको निरन्तर मागलाई देखाउँदै रुसले युक्रेनमाथिको पूर्ण आक्रमणका लागि स्पष्ट रूपमा देखाएको झूटो औचित्यहरू मध्ये एकको रूपमा प्रयोग गरेको थियो। निश्चित रूपमा सूचनाको दुरुपयोगको जवाफ सूचनाको दमन होइन तर विगतका सम्भावित विवादित क्षेत्रहरू वरिपरि र देशले कुन दिशातर्फ जानुपर्छ भन्ने कुरामाथि बहस हुनु पर्दछ।

कहिलेकाहीँ सरकारहरूले बहुलवाद र लोकतन्त्रलाई प्रोत्साहन दिने राष्ट्रिय इतिहास निर्माण गर्न मद्दत गर्न नागरिक शिक्षालाई बढवा दिनुपर्ने हुन सक्छ। प्रतिवेदनले भनेजस्तै  हरेक मुद्दामा सहमति नभए पनि युक्रेनी सञ्चारमाध्यमहरूले यसमा कसरी योगदान दिन सक्छन् भन्ने सुझाव पनि प्रतिवेदनले दिन्छ। उदाहरणका लागि, सोभियत सङ्घ खराब थियो भन्नेमा केही असहमति भए पनि सोभियत शासनकालका विशिष्ट अवस्थाहरूको नकारात्मक प्रभावमा व्यापक सहमति छ। जस्तै स्वतन्त्र आवागमन वा अभिव्यक्तिको अभाव। आधारभूत सहमतिको मूल्यहरूलाई उजागर गर्दै स्वतन्त्र अभिव्यक्ति र इतिहासको स्वतन्त्र अनुसन्धानलाई अनुमति दिँदा राष्ट्रिय स्मृति एकीकृत रहन सक्छ र बहुलवादी पनि रहन्छ।

यस्तो सहमति निर्माणको विकल्प भने भयानक छ। सेन्सरसिपमार्फत निर्दोषता कायम राख्नु अतिरिक्त अशुद्ध मात्र नभई यसले लोकतन्त्रको क्षयीकरण र राज्य प्रायोजित आतङ्कको वृद्धिका लागि आधार समेत तयार पार्दछ।

यस्तो भविष्यको विष विरोधी औषधि भनेको विगतमा हाम्रो पहुँचलाई खुलाउनु हो।

श्रोत: OGP Horizons

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link