टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि सो कार्यक्रम थालनी गरेको थियो ।
बीस वर्षभन्दा अगाडि कुनै छोरीले विवाह गर्न नपरोस् भन्दै सुरु गरेको उक्त कार्यक्रममा हालसम्म एक हजार ४८१ छोरी आबद्ध भएका छन् । उनीहरूका नाममा नगरपालिकाले बैंकका खाता सञ्चालन गराएर वार्षिक दरले रकम जम्मा गर्दै आएको छ । उक्त रकम २० वर्ष पूरा भएपछि मात्रै भुक्तानी गर्न पाइनेछ । वार्षिक एक हजारका दरले नगरपालिकाले छोरीका नाममा सञ्चालन भएको खातामा एक हजार जम्मा गर्दै आएको छ ।
जन्मदर्ताका आधारमा आव २०७६/७७ भन्दा पछि जन्मेका छोरीको बैंक खाता नगरपालिकाले खोलिदिने गरेको छ । टीकापुर –६ का वडाध्यक्ष बलीराम चौधरीले भने, “अहिले छोरी जन्मेपछि अभिभावक उत्साहका साथ छोरीको खाता खोल्न सिफारिस लिन आउनुहुन्छ । कार्यक्रमले बालविवाह न्यूनीकरणमा केही वर्षपछि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास हामीले गरेका छौँ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण: रणनीतिक साझेदारीको नयाँ अध्याय
- महानगरपालिकाले जाँच्दैछ मेयर–कर्मचारीको बडी फ्याट र मधुमेह !
- फागुन २१ को निर्वाचन : आयोगको पूर्ण कार्यसूची सार्वजनिक
- भारत सरकारको सञ्चार साथी एप प्रि -इन्स्टल आदेश फिर्ता : गोपनीयताको चिन्ताले चर्कियो बहस
- मुस्ताङको स्याउको कमाल : ६४४ टन कम फल्दा पनि १६ करोड बढी आम्दानी
- तनहुँ र गुल्मीमा सुन्तला उत्पादनले किसानलाई राहत, तर चुनौतीहरू कायम
- नेपाल प्रिमियर लिग : हिजो लुम्बिनीको शानदार जित, आज दुई रोमाञ्चक खेल हुँदै
- आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै
- वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
- जापानको सहयोगमा कोटेश्वर-जडीबुटी अन्डर पास र फ्लाइओभर निर्माण हुने : ३१.७६ अर्ब ऋण सम्झौता