बाराको जितपुरसिमरा क्षेत्रमा आज बिहानदेखि तनावपूर्ण स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
सिमरा विमानस्थल नजिकै आफूलाई ‘जेन जी युवा’ भन्ने समूह र नेकपा (एमाले) का कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२:३० बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यू लगाएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी आदेशअनुसार जितपुरसिमरा उपमहानगरपालिकाको गण्डक नहरदेखि पथलैया राजमार्ग खण्डको दुवैतर्फ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थल वरिपरि ५०० मिटर दायरा पूरै प्रतिबन्धित क्षेत्र घोषित गरिएको छ। यो क्षेत्रमा कुनै पनि व्यक्ति हिँडडुल गर्नसमेत पाउनेछैनन्।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार एमाले महासचिव शङ्कर पोखरेल र पूर्वमन्त्री महेश बस्नेत सिमरा आउने कार्यक्रम रहेको थाहा पाएपछि बिहानैदेखि जेन जी समूहका युवाहरूले विमानस्थल घेराउ गरेका थिए। उनीहरूले विमानस्थलको गेटमा तोडफोड गरेपछि एमाले कार्यकर्तासँग उनीहरूको झडप सुरु भएको थियो।
झडपका क्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन सक्ने र स्थिति थप बिग्रन सक्ने जोखिम देखिएकाले शान्ति–सुरक्षा कायम गर्न कर्फ्यू लगाउनु बाध्यता भएको प्रशासनले जनाएको छ।
हालसम्म ठूलो क्षति भएको विवरण नआए पनि दुवै पक्षबीच ढुङ्गामुढा र लाठीचार्जको स्थिति सिर्जना भएको बताइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन व्यापक जनशक्ति परिचालन गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै
- ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नाराका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
- आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- देशभर मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
- वनभित्र पोखरी: मुहान पनि जोगिने, वन्यजन्तु पनि अल्झिने
- देवघाट–१ का १४ सुकुमवासी परिवारलाई चाँडै जग्गा उपलब्ध गराइने
- देशैभर मनसुनी वायुको प्रभाव: आज धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
- आज प्रतिनिधि सभाको बैठक बस्दै