नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ, स्विस फ्र्यांक एकको खरिददर १७८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १८ पैसा कायम गरिएको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा, सिंगापुर डलर एकको खरिददर ११० रुपैयाँ ८२ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा कायम भएको छ। यसैगरी स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर