तराई क्षेत्रमा शीतलहर र चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका र सुनसरीका विभिन्न स्थानीय तहहरूले विद्यालयमा थप बिदा दिएका छन्।
वीरगञ्ज महानगरले यसअघि दुई पटक गरी पाँच दिन जाडो बिदा दिइसकेकोमा पुनः पुस १६ देखि १८ गतेसम्म थप तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। यो बिदा बर्खे बिदाबाट कट्टा हुने गरी दिइएको हो। पछिल्लो दुई सातादेखि बढेको चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै आगामी पुस २० गतेदेखि मात्र विद्यालय सञ्चालन हुने जनाइएको छ।
यस्तै, सुनसरी जिल्लामा पनि शीतलहरका कारण चिसो अत्यधिक बढेपछि इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगरा, रामधुनी लगायतका स्थानीय तहहरूले पुस १६ देखि १८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा घोषणा गरेका छन्। यो बिदा वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको छ। अभिभावकहरूलाई बालबालिकालाई घरमै न्यानो राख्न र चिसोबाट सतर्क रहन आग्रह गरिएको छ।
तराईका विभिन्न जिल्लामा शीतलहरको प्रभाव जारी रहेकाले यस्ता निर्णयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै