भारत जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बनेको छ।। भारत सरकारका अनुसार हाल भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.१८ ट्रिलियन अमेरिकी डलर पुगेको छ। सरकारको आर्थिक सुधारसम्बन्धी विज्ञप्तिमा भारत अब जर्मनी लाई उछिन्दै सन् २०३० सम्म विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको उल्लेख गरिएको छ।
सरकारी दाबीअनुसार सन् २०३० सम्म भारतको जीडीपी ७.३ ट्रिलियन अमेरिकी डलर पुग्नेछ। यस्तो अवस्थामा भारत विश्वका सबैभन्दा ठूला अर्थतन्त्रमध्ये अमेरिका र चीन पछि तेस्रो स्थानमा रहनेछ। यसले विश्व आर्थिक संरचनामा भारतको भूमिका थप बलियो बनाउने संकेत गरेको छ।
भारत अहिले पनि विश्वकै सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थतन्त्रको रूपमा कायम छ। आर्थिक वर्ष २०२५–२६ को दोस्रो त्रैमासिकमा भारतको वास्तविक जीडीपी वृद्धिदर ८.२ प्रतिशत पुगेको छ। यो वृद्धिदर पहिलो त्रैमासिकको ७.८ प्रतिशत र अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासिकको ७.४ प्रतिशतभन्दा बढी हो। सरकारले यसलाई पछिल्ला छ त्रैमासिकमध्ये सबैभन्दा उच्च वृद्धिदर भएको बताएको छ।
सरकारका अनुसार आर्थिक वृद्धिको मुख्य आधार घरेलु पक्ष नै बनेको छ। विशेषगरी बलियो निजी उपभोगले अर्थतन्त्रलाई अघि बढाइरहेको छ। विश्व व्यापारमा अनिश्चितता कायम रहँदा पनि भारतको अर्थतन्त्रले लचिलोपन देखाएको सरकारको दाबी छ।
अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सकारात्मक प्रक्षेपण गरेका छन।भारतको आर्थिक सम्भावनाबारे अन्तर्राष्ट्रिय संस्थाहरूले आशावादी दृष्टिकोण प्रस्तुत गरेका छन्। बिश्व बैंकले सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
आईएमएफले २०२५ का लागि भारतको वृद्धिदर ६.६ प्रतिशत र २०२६ का लागि ६.२ प्रतिशत रहने अनुमान गरेको छ। ओईसिडीले २०२५ मा ६.७ प्रतिशत र २०२६ मा ६.२ प्रतिशत वृद्धिदर हुने प्रक्षेपण गरेको छ भने एडिबीले २०२५ को अनुमान बढाएर ७.२ प्रतिशत पुर्याएको छ।
भारत सरकारका अनुसार हाल भारतमा मुद्रास्फीति सहनशील दायराभन्दा तल रहेको छ। बेरोजगारी दर घट्दो क्रममा छ भने निर्यात क्षेत्रको प्रदर्शन पनि क्रमशः सुधार हुँदै गएको छ। वित्तीय अवस्था अनुकूल रहँदा वाणिज्य क्षेत्रतर्फ कर्जा प्रवाह मजबुत भएको र शहरी उपभोग बढ्दै गएको सरकारको दाबी छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन: वैश्विक चुनौती समाधान र सहकार्यमा शीर्ष नेताहरूको जोड
- उत्तरी फ्रान्समा रेल दुर्घटना: ४४ जना घाइते, एकको अवस्था गम्भीर
- अक्टोबर ७ को चेतावनी दाबी प्रकरण: नेतान्याहुले इजरायली पत्रिकारुद्ध मुद्दा हाल्ने
- अमेरिका–हुथी द्वन्द्व र ट्याङ्कर आक्रमणपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्यो
- ठुला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न अदालतलाई धौ-धौ !
- तुकाराम मुण्डे: सामाजिक सञ्जालमा भाइरल बनेका भारतको महाराष्ट्रका खाद्य सुरक्षा अधिकारी
- प्रतीकात्मकताले भरिएको शान्ति वार्ता: रुस र युक्रेनबिचका आधारभूत मतभेद अझै कायम
- रुस-युक्रेन युद्ध: शान्ति वार्ताका लागि अमेरिकी टोलीले भेट्यो पुटिनलाई
- रसिया-युक्रेन युद्ध रोक्ने अमेरिकी प्रयास: ट्रम्पका दूत कुश्नर र विटकाफ मस्को र किभ भ्रमण गर्दै
- इरान युद्धमा सहयोग नगरेको भन्दै फकल्यान्ड टापु विवादमा बेलायतलाई साथ नदिने ट्रम्पको सङ्केत