काठमाडौँ विश्वविद्यालयमा स्नातक तह (तेस्रो वर्ष) अध्ययनरत विद्यार्थी सहजराज मल्लले हस्तलिखित देवनागरी लिपि पहिचान गर्ने अत्याधुनिक एआई मोडेल ‘मल्लनेट’ विकास गरेका छन्। यो मोडेलसम्बन्धी उनको अनुसन्धान पत्र विश्व प्रसिद्ध जर्नल साईन्टिफिक रिपोर्टस को नेचर भागमा प्रकाशन पनि भएको छ।
मल्लनेटले देवनागरी अक्षरहरू ९९.७१% शुद्धताका साथ चिन्न सक्छ, जुन यसअघिका उत्कृष्ट मोडेलको ९९.७२% सँग निकट छ। तर सबैभन्दा ठुलो विशेषता : यसले ५६.४१% कम प्यारामिटर (मात्र १ करोड ७० लाख) प्रयोग गरेर यो नतिजा निकालेको छ। यसले कम क्षमताका डिभाइसमा पनि प्रभावकारी रूपमा चलाउन सकिन्छ।
मोडेलमा होमोजिनियस फिल्टर क्याप्सुल (HFC) र रेसिड्युअल ब्लक जस्ता नयाँ प्रविधि प्रयोग गरिएको छ, जसले उस्तै देखिने अक्षरहरू (‘क’ र ‘ख’ जस्ता) बिचका सूक्ष्म भिन्नता पनि स्पष्ट पहिचान गर्छ। अनुसन्धानका लागि ९२ हजार देवनागरी अक्षरका इमेज भएको डेटा सेट प्रयोग गरिएको थियो।
यो सफलता नेपाली, हिन्दी, मराठी लगायत देवनागरी लिपि प्रयोग हुने भाषाका हस्तलिखित दस्ताबेज डिजिटलाइजेशन र सांस्कृतिक सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्छ। मल्लले यसअघि क्वान्टम मेसिन लर्निङ र स्टक मार्केट पूर्वानुमानमा पनि अनुसन्धान गरेका छन्। मल्लनेटको कोड गिटहबमा सार्वजनिक गरिएको छ।
भविष्यमा यो प्रविधि ट्राफिक नम्बर प्लेट पहिचान, पुराना कागजात स्क्यानिङ र अन्य क्षेत्रीय भाषामा पनि प्रयोग हुन सक्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै