पश्चिम युरोपमा आएको हिउँको आँधी ‘स्टर्म गोरेटी’ ले लगातार तेस्रो दिन पनि यात्रामा ठुलो अवरोध पुर्याएको छ।
विभिन्न समाचार अनुसार यो आँधीले फ्रान्स, नेदरल्यान्ड्स, बेल्जियम र स्कटल्यान्डलगायतका क्षेत्रमा हवाई उडानहरू रद्द, रेल सेवा ढिला र सडक यातायातमा समस्या निम्त्याएको छ।
नेदरल्यान्ड्सको अम्स्टर्डमस्थित स्किपहोल विमानस्थलमा हिउँ र हावाका कारण बुधवार कम्तीमा ७०० उडानहरू रद्द भएका छन्। यसअघिका दिनहरूमा पनि अवरोध हुँदा एक हजारभन्दा बढी यात्रुहरू विमानस्थलमै रात बिताउन बाध्य भएका थिए। विमानस्थलले क्याम्प बेडको व्यवस्था गरेको थियो।

फ्रान्सको पेरिसका ओरली र चार्ल्स डे गल विमानस्थलमा करिब १४० उडानहरू रद्द भएका छन्। यस्तै गरि बेल्जियमको ब्रसेल्समा पनि करिब ४० उडानहरू प्रभावित भएका छन्।
यसै गरी फ्रान्समा सार्वजनिक बस सेवा निलम्बन गरिएको छ। उत्तरी र पश्चिमी फ्रान्समा स्कुल बस र ट्रकहरूलाई सडकमा प्रतिबन्ध लगाइएको छ, किनकि थप हिउँ र कालो बर्फ (ब्ल्याक आइस) को पूर्वानुमान छ। साथै फ्रान्सको रेल अपरेटर एसएनसीएफले भनेको छ: “ट्र्याकमा हिउँ परेकाले रेलको गति सीमित गर्नुपरेको छ भने केही रेलहरू रद्द वा समायोजन गर्नुपरेको छ। ” युरो स्टार रेलहरू (पेरिस, लन्डन र ब्रसेल्सबिच) पनि समयमा चल्न नसकी ढिला भएका छन्। स्कटल्यान्डमा चिसो र हिउँका कारण सयौँ स्कुलहरू तेस्रो दिन पनि बन्द रहेका छन्।

तर यात्रामा अवरोध हुँदाहुँदै पेरिसमा स्थानीय र पर्यटकहरूले हिउँको मजा लिएका छन्। मोन्टमार्ट्रे, आइफेल टावर नजिकको च्याम्प्स डे मार्स, लुभ्र सङ्ग्रहालय वरपर र सेन नदी किनारमा मानिसहरू स्की र स्लेजिङ गर्दै देखिएका छन्। एक बेलायती पर्यटक टियोनाले भनिन्: “हिउँ परेको बेला यहाँ घुम्न मज्जा लाग्छ, सुरुमा चिन्ता थियो तर हिउँसँगै मन पर्यो।” पेरिसका बासिन्दा रिचर्डले भने: “बिहान उठ्दा सबै सेतो देखेँ, जादुमय थियो। कुकुरसँग हिउँमा खेल्न निस्केँ, यो दोस्रो पटक उसले हिउँ देखेको हो।” तर अन्य केहीले भने: “चिप्लो छ, सावधान हुनुपर्छ, जुत्ता बिग्रन्छ, राम्रो होइन!”
इंग्ल्यान्डमा पनि यो हप्ताको अन्त्यतिर हिउँको आँधी आउने अनुमान छ। यो चिसो मौसमले युरोपेली यात्रुलाई ठुलो असर पारेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर