जेनजी विद्रोहपछि बनेको नागरिक सरकारका प्रधानमन्त्री सुशीला कार्की र नागरिक सरकारको अस्तित्वलाई अस्वीकार गर्दै सार्वजनिक रूपमा गालीगलौज गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिजो रहस्यमय ढङ्गमा प्रम कार्कीसँग भेटी सत्ता साझेदारी र चुनाव सार्ने प्रस्ताव गर्नु भएको छ।
ओलीले प्रम कार्कीलाई “तपाईँको नेतृत्व स्वीकार छ। बरु हामीलाई पनि समेट्नुहोस् र चुनाव वैशाखसम्मका लागि सार्नुहोस्” भनेर भनेको कुरा विश्वस्त सूत्रबाट स्वतन्त्र सञ्चार सेवालाई प्राप्त भएको छ।
हिजो बिहान एक्कासि प्रमसँग भेट्न आउँदै छु है भनेर फोन गरेर ओलीले दिउँसो बालुवाटार पुगी करिब ३ घण्टा अनेक विषयको कुरा गरेर समय बिताउनु भएको थियो।
ओलीले भदौ २४ गतेदेखि एक सातासम्म आफूले बाँच्ने आशा मारेको भए पनि प्रम कार्कीले बचाइदिएको र गौरीबहादुर कार्की आयोगको फन्दाबाट पनि मुक्ति दिएकोमा प्रम सुशीला कार्की समक्ष कृतज्ञता प्रकट गर्दै धन्यवाद दिनु भएको थियो।
प्रधानमन्त्री कार्कीसँगको भेटमा अत्यन्त खुलस्त हुँदै ओलीले आफू अब यही सरकारमा समेटिन तयार भएको समेत सन्देश दिनुभएको थियो, सूत्र भन्दछ।
ओलीले अहिले मन्त्रीमण्डलमा पनि आफ्ना केही शुभचिन्तकहरू रहेको बताउँदै आफ्नो दल, काँग्रेस तथा प्रचण्डसमेतका दुईचार जना जेनजी थप गरेर मन्त्रिमण्डल पुनर्गठन गर्न सल्लाह दिएको, सूत्रले बताएको छ – “ओलीको मुख्य जोड भने चुनाव सार्ने नै रहेको थियो।”
सूत्रले भन्यो – “उहाँको चासो चुनावको लागि एमाले र काँग्रेस तयार भई नसकेकोले हतार नगरौँ” भन्ने नै थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: क्वाटरफाइनलको अन्तिम दिन, नर्वे र इङ्गल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दै
- सारङ्गीको धुनमा यमबहादुरको ३६ वर्ष
- गर्मी छल्न रिगतालमा पर्यटकको भीड
- पूर्णखोप सुनिश्चित नगर बन्यो सूर्यविनायक
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- कोशी, बागमती र लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी
- फिफा विश्वकप २०२६: बेल्जियमलाई २-१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
- फिफा विश्वकप २०२६: दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियमको महाभिडन्त
- आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
- मुगुमा माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु