भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप कप क्रिक्रेट प्रतियोगिता’ हुने भएको छ।
नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका विजेताले रु पाँच लाख र उपबिजेताले रु तीन लाख नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक मनोज सुब्बाले बताए। प्रतियोगितामा भाग लिन भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेको उनले जानकारी दिए।
यसैगरी नेपाली टोलीहरू भद्रपुर क्रिकेट क्लब, विराटनगर किङ्ग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाड रहेका छन्। भारतबाट सहभागी टोलीमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरू र नेपाली क्लबबाट एनपीएल खेलिसकेका खेलाडीहरू मैदानमा उत्रिने उनको भनाइ छ।
भद्रपुर नगरपालिका–८ स्थित मेची बहुमुखी क्याम्पसको खेल मैदान लिजमा लिएर भद्रपुर क्रिक्रेट क्लबले तीन वर्षको अवधिमा शानदार क्रिक्रेट मैदान निर्माण गरिसकेको छ। प्रतियोगिता त्यही मैदानमा हुने भएको छ।
खेलबाट मुलुकको पर्यटन क्षेत्रमा योगदान पुग्ने भएकाले आयोजकले कोशी र पाथिभरासमेत जोडेर प्रतियोगिताको नामकरण गरेका छन्। झापा क्रिक्रेट संघका अध्यक्ष प्रवीण थापाले क्रिक्रेटका माध्यमबाट नेपालको पहिचान र प्रतिष्ठा विश्व मञ्चहरूमा उच्च भइरहेको धारणा व्यक्त गर्दै भद्रपुरमा आयोजना हुन लागेको क्रिक्रेट प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो योगदान पुर्याउने बताए।
प्रतियोगितामा रु एक करोड २२ लाख खर्च हुने र क्रिक्रेट मैदानको दर्शक क्षमता १० हजार रहेको संयोजक सुब्बाले जानकारी दिएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रसुवागढी बन्द भएपछि मुस्ताङ भन्सार सक्रिय, दैनिक ५० कन्टेनर भित्रिँदै
- जुम्ली स्याउ बोकेका गाडी सडकमै कुहिने जोखिम
- प्रभावित क्षेत्रमा जुट्दै विद्युत् प्राधिकरण: धादिङ र नुवाकोटमा अधिकांश घरमा बिजुली फर्कियो
- प्रिमियर लिग: आर्सनलद्वारा चेल्सी २-१ ले पराजित, ओडेगार्ड र हाभर्ट्जको गोलमा पुनरागमन जित
- भोटेकोशी त्रासदी: आज देशभर राष्ट्रिय शोक
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव, ३८ घाइते डिस्चार्ज
- प्रीमियर लिग: म्यानचेस्टर सिटी र लिभरपुलको जित, हालान्डको कीर्तिमानी गोल र इसाकको दोहोरो प्रहार
- भोटेकोशी बाढी: ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षतिको अनुमान
- भोटेकोशी बाढी: १,३३१ को शव फेला, ५ हजार अझै बेपत्ता