मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तमा १८ दशमलव सात प्रतिशतले वृद्धि भई रु २८ खर्ब ६६ अर्बभन्दा माथि पुगेको हो।
बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत मङ्सिर मसान्तमा २७ दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको । गत मङ्सिर मसान्तको कूल विदेशी मुद्रा विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत छ।
चालु आवको पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
यस्तै, चालु आवको पाँच महिनामा खुद सेवा आय रु ३६ अर्ब ५४ करोडले घाटमा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २६ अर्ब ६७ करोडले घाटामा थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव सात प्रतिशतले कमी आई रु ३३ अर्ब ९७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३५ अर्ब २६ करोड थियो।
विदेश पढ्न जानेले लगे ५६ अर्ब ५२ करोड
त्यस्तै सो अवधिमा भ्रमण व्यय पाँच दशमलव तीन प्रतिशतले वृद्धि भई रु ८८ अर्ब ९७ करोड पुगेको छ। त्यसमा शिक्षातर्फको व्यय रु ५६ अर्ब ५२ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ८४ अर्ब ५० करोड रहेकामा शिक्षातर्फको व्यय रु ४७ अर्ब ४५ करोड रहेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मावि सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा: राज्यको ध्यान कहिले जाने?
- पुल नहुँदा अस्थायी डाइभर्सनकै भर: बाढी आउनासाथ ठप्प हुन्छ पाँचथरको यातायात
- चरा संरक्षणमार्फत पर्यावरणीय सन्तुलन र पर्यटन विकासको बहस
- जर्मन सरकारको अनुदानमा धुलिखेल खानेपानीको पुन:निर्माण
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम:चट्याङसहित मध्यम वर्षाको सम्भावना
- श्रमदानबाट ठडियो धरानमा ज्येष्ठ नागरिक उद्यान
- नेपालगन्ज भन्सार: दस महिनामा ६८.२ प्रतिशत मात्र राजस्व संकलन
- समुद्री स्रोतको दिगो संरक्षण र अन्तर्राष्ट्रिय दिवस
- आज विश्व वातावरण दिवस