नेपाली पत्रकारिता क्षेत्रका एक मूर्धन्य व्यक्तित्व नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तथा राष्टपुकार साप्ताहिकका संस्थापक एवं प्रधान सम्पादक, पूर्व मन्त्री होमनाथ दाहालको चौरासी वर्षको उमेरमा हिजो राती निधन भएको छ।
स्वर्गीय दाहाल, नेपालको प्रजातान्त्रिक आन्दोलनका एक सङ्घर्षशील सुपरिचित योद्धा, बौद्धिक र वैचारिक अगुवा मानिनु हुन्थ्यो।
२०१८ सालबाट पत्रकारितामा सक्रिय रूपमा जोडिनु भएका उहाँले २०२३ सालमा राष्टपुकार साप्ताहिक स्थापना गरी त्यति वेला प्रतिबन्धित नेपाली काँग्रेसको वैचारिक र प्रचारात्मक केन्द्रका रूपमा निरन्तर २०५५ सम्म सो पत्रिका सञ्चालन गर्नु भएको थियो। यस क्रममा अनेक मुद्दा र तीन पटक जेलको सजाय पनि काट्नु भएको थियो।
२०४८सालमा उहाँ पत्रकार सङ्घको सभापति हुनुभयो भने त्यस अगाडि जनआन्दोलन लगत्तै गोरखापत्र संस्थानको अध्यक्ष पनि हुनु भएको थियो। २०५६ मा उहाँ ओखलढुङ्गाबाट सांसदमा निर्वाचित, राज्य व्यवस्था समितिको सभापति र २५९ मा नेपाल सरकारको कृषि मन्त्री पनि हुनुभयो। स्वर्गीय दाहालका श्रीमती र दुई छोरा हुनुहुन्छ।
उहाँको निधनमा फ्रिडम फोरमले दुख प्रकट गरेको छ। साथै उहाँको दुखद निधन भएकोमा नेपाल पत्रकार महासङ्घले तीन दिन ओैपचारिक कार्यक्रम नगर्ने गरी शोक व्यक्त गरेको छ। सरकार र राजनीतिक दलका पदाधिकारी तथा नेता -कार्यकर्ताले पनि श्रद्धाञ्जली प्रकट गरेका छन्।
आज पशुपति आर्यघाटमा उहाँ प्रति श्रद्धाञ्जली दिन प्रधान न्यायाधीश प्रकाश राउत लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- धवलागिरि हिमाल आरोहणको ६६ वर्ष पूरा
- न्यूयोर्कमा नेपाली पहिचान झल्काउने ‘नेपाल डे परेड’को तयारी
- संसद्का दुवै सदनमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै
- राष्ट्रिय परीक्षा बोर्डद्वारा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक
- गुजरातद्वारा हैदराबाद ८२ रनको विशाल अन्तरले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- सरकारको आव २०८३/८४ को नीति तथा कार्यक्रम : के के छ? (पूर्णपाठ)
- तरकारी खेतीले बदलिएको थारु महिलाको जीवनशैली
- रोमाञ्चक भिडन्त: दिल्ली क्यापिटल्सद्वारा पन्जाब किङ्स ३ विकेटले पराजित
- वन्यजन्तु जोगाउन सडक विभागसँग ओभरपास निर्माणको सुझाव