दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्।
माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्री बनाउने चटारो परेको हो। जानकी मात्र होइन, तुलसीपुर–१० बनकाउकी विझौनी थारू लगायत यतिबेला दाङका थारू बस्तीका हरेक घरमा महिलाहरू ढिक्री बनाउन भ्याइनभ्याइ अवस्थामा छन्। थारू समुदायले हरेक चाडपर्वमा ढिक्रीलाई मुख्य परिकारका रूपमा लिने गर्छन्, जसलाई विशेषगरी सुँगुरको मासु, माछा र घोँगीसँग स्वाद लिई खाने प्रचलन छ।
चामलको पीठोबाट तयार पारिने ढिक्री बनाउने आफ्नै मौलिक तरिका छ। चामलको पीठोलाई पानीले मुछेर विभिन्न आकार दिने गरिन्छ। माघीका लागि विशेषगरी लाम्चो आकारको ढिक्री बनाइने भए पनि दसैँमा गोलो र तिहारमा दियो जस्तो चेप्टो आकार दिने परम्परा छ। यसरी तयार पारिएको पीठोको आकारलाई पानीको बाफमा करिब आधा घण्टासम्म उसिनेपछि खानका लागि योग्य हुन्छ।
स्वास्थ्यका दृष्टिकोणले पनि ढिक्रीलाई निकै उत्तम परिकार मानिन्छ। तेल वा चिल्लो पदार्थ र चिनीको प्रयोग नहुने भएकाले यसले शरीरलाई हानि गर्दैन। उसिनेर तयार पारिने यो शुद्ध परिकार खाँदा मानिसको आयु बढ्ने पौराणिक मान्यता समेत थारू समुदायमा रहिआएको छ। माघी नजिकिँदै गर्दा गाउँघरमा ढिक्रीको बास्ना चल्न थालिसकेको छ भने यसले समुदायमा उत्सवको रौनक थपिदिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रसुवागढी बन्द भएपछि मुस्ताङ भन्सार सक्रिय, दैनिक ५० कन्टेनर भित्रिँदै
- जुम्ली स्याउ बोकेका गाडी सडकमै कुहिने जोखिम
- प्रभावित क्षेत्रमा जुट्दै विद्युत् प्राधिकरण: धादिङ र नुवाकोटमा अधिकांश घरमा बिजुली फर्कियो
- प्रिमियर लिग: आर्सनलद्वारा चेल्सी २-१ ले पराजित, ओडेगार्ड र हाभर्ट्जको गोलमा पुनरागमन जित
- भोटेकोशी त्रासदी: आज देशभर राष्ट्रिय शोक
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव, ३८ घाइते डिस्चार्ज
- प्रीमियर लिग: म्यानचेस्टर सिटी र लिभरपुलको जित, हालान्डको कीर्तिमानी गोल र इसाकको दोहोरो प्रहार
- भोटेकोशी बाढी: ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षतिको अनुमान
- भोटेकोशी बाढी: १,३३१ को शव फेला, ५ हजार अझै बेपत्ता