नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह (स्याटेलाइट) प्रक्षेपणको सम्पूर्ण तयारी पूरा गरेको छ।उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ ।
नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार मुनाल उपग्रह आज (सोमबार) बिहान १० बजेर ३२ मिनेट जाँदा अन्तरिक्षमा प्रक्षेपण हुनेछ।यसको प्रक्षेपण छिमेकी मुलुक भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट हुनेछ।भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) को ‘रकेट’ मार्फत ‘राइडसेयर पेलोड’ का रूपमा मुनाललाई अन्तरिक्षमा पठाउन लागिएको हो ।
नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको यो उपग्रहको मुख्य उद्देश्य वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित तथ्यांक प्रशोधन गर्नु हो।विद्यार्थीहरूले आफ्नै देशमा बसेर यति ठूलो प्रविधिको विकास गर्नुले नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा नयाँ आयाम थपेको छ ।
अन्तरिक्षमा पुगेपछि उपग्रहको सञ्चालन तथा नियन्त्रण ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिनेछ।भारतीय समयअनुसार १० बजेर १७ मिनेटमा र नेपाली समयअनुसार १० बजेर ३२ मिनेटमा हुने यो प्रक्षेपणका लागि नेपाली वैज्ञानिक र विद्यार्थीहरूको टोली उत्साहित देखिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रसुवागढी बन्द भएपछि मुस्ताङ भन्सार सक्रिय, दैनिक ५० कन्टेनर भित्रिँदै
- जुम्ली स्याउ बोकेका गाडी सडकमै कुहिने जोखिम
- प्रभावित क्षेत्रमा जुट्दै विद्युत् प्राधिकरण: धादिङ र नुवाकोटमा अधिकांश घरमा बिजुली फर्कियो
- प्रिमियर लिग: आर्सनलद्वारा चेल्सी २-१ ले पराजित, ओडेगार्ड र हाभर्ट्जको गोलमा पुनरागमन जित
- भोटेकोशी त्रासदी: आज देशभर राष्ट्रिय शोक
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव, ३८ घाइते डिस्चार्ज
- प्रीमियर लिग: म्यानचेस्टर सिटी र लिभरपुलको जित, हालान्डको कीर्तिमानी गोल र इसाकको दोहोरो प्रहार
- भोटेकोशी बाढी: ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षतिको अनुमान
- भोटेकोशी बाढी: १,३३१ को शव फेला, ५ हजार अझै बेपत्ता