नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचनामार्फत महाराजगन्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ। यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि बिजुली कटौती हुन लागेको हो।
प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगन्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ।
यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ।
सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म बिजुली कटौती हुनेछ। तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिले पनि बिजुली आपूर्ति हुन सक्ने प्राधिकरणले उल्लेख गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: क्वाटरफाइनलको अन्तिम दिन, नर्वे र इङ्गल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दै
- सारङ्गीको धुनमा यमबहादुरको ३६ वर्ष
- गर्मी छल्न रिगतालमा पर्यटकको भीड
- पूर्णखोप सुनिश्चित नगर बन्यो सूर्यविनायक
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- कोशी, बागमती र लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी
- फिफा विश्वकप २०२६: बेल्जियमलाई २-१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
- फिफा विश्वकप २०२६: दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियमको महाभिडन्त
- आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
- मुगुमा माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु