शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गराएका छन्।

महासचिव गुटेर्रेसले लन्डनको मेथोडिस्ट सेन्ट्रल हलमा यस्तो चेतावनी दिएका हुन्। महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू भेला भएका थिए। न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय अझै निर्माण नभएकाले उनीहरूले लन्डनमा बैठक गरेका हुन्।

महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको निर्माणमा बेलायतको निर्णायक भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे। उनले सन् २०२५ अन्तर्राष्ट्रिय सहयोग र संयुक्त राष्ट्रसङ्घको मूल्यमान्यताका लागि निकै चुनौतीपूर्ण वर्ष भएको बताए।

“हामी देख्छौँ, शक्तिराष्ट्रहरू विश्वव्यापी सहयोगलाई कमजोर पार्न लाइनमा छन्।” उनले भने, हामी समस्याका बाबजुद् पनि अघि बढ्छौँ। गुटेर्रेसले समुद्री जैविक विविधतासम्बन्धी नयाँ सन्धिलाई निरन्तर प्रगतिको उदाहरणका रूपमा उद्धृत गरे।

यो सन्धिले राष्ट्रिय सीमाभन्दा बाहिर रहेका दुई तिहाइ महासागरमा समुद्री विविधताको संरक्षण र दिगो प्रयोगका लागि पहिलो कानुनी ढाँचा स्थापना गरेको छ।

उनले भने, “युद्ध रोकिएका, भोकमरी अन्त्य भएका र महत्त्वपूर्ण सन्धिहरू अन्तर्राष्ट्रिय सहयोगका यी शान्त विजयहरू सधैँ समाचारका प्रमुख बिषय बन्दैनन् तर तिनीहरू वास्तविक छन् र महत्त्वपूर्ण छन्।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link