हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । जाडो बढ्दै जाँदा खानेपानीका धाराका पानी ठोसमा परिणत भएको छ । चिसोले पानीका पाइप फुट्न थालेका छन् ।
पिउने पानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको छ । हिउँदे याममा नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको चन्दननाथ नगरपालिकाका स्थानीयवासी सुनिता बुढाले बताए। माघमा चिसो बढ्दै गएपछि विशेषगरी जुम्लालगायत माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।
जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ०.७१ डिग्री सेल्सियसमा झरेको छ । तीन दिनसम्म मौसम बढलिने सम्भावना रहेको जल तथा मौसम कार्यालय जुम्लाका प्रमुख आशामपूरा कार्कीले जानकारी दिए। “चिसो बढ्ने क्रम जारी छ”, प्रमुख कार्कीले भने, “हिमपात भएपछि निकै जाडो बढेको छ । नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।” कठ्याङ्ग्रिने जाडो नघट्दासम्म हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीको भनाइ छ ।
करिब दुई हजार पाँच उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइरहेको खलङ्गा खानेपानी उपभोक्ता समितिको कार्यालयले जनाएको छ ।
हिमपात हुँदा किसान खुसी
जुम्ला लगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँका किसान खुसी भएका छन् । यो वर्षको पहिलो हिउँ माघ महिनाको दोस्रो सातामा परेपछि किसानले लगाएको हिउँदे बालीलाई निकै राम्रो हुने जुम्लाको तिला गाउँपालिका–१ स्थानीयवासी लंक बुढाले जानकारी दिए।
अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए।
स्याउका नयाँ बिरुवा लगाउने समय भएकाले हिउँ पर्दा सहज भएको यहाँका किसान बताउँछन् । हिमपातपछि जुम्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् । लामो समयपछि हिउँ परेपछि यहाँका स्थानीयवासी हिउँसँगै फोटो र भिडियो बनाउनमा व्यस्त हुने गरेका छन् ।
लामो समयदेखि हिमपात नहुँदा सुक्न थालेको हिउँदे बालीमा राहत पुगेपछि स्थानीय किसानले राहत महसुस गरेका छन् । यसले गहुँ, जौ, आलुलगायत हिउँदे बालीलाई फाइदा पुग्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिमपातले अवरुद्ध भएको हवाई सेवा आइतबारबाट सञ्चालनमा आएको नागरिक उडान कार्यालय जुम्लाले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- धवलागिरि हिमाल आरोहणको ६६ वर्ष पूरा
- न्यूयोर्कमा नेपाली पहिचान झल्काउने ‘नेपाल डे परेड’को तयारी
- संसद्का दुवै सदनमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै
- राष्ट्रिय परीक्षा बोर्डद्वारा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक
- गुजरातद्वारा हैदराबाद ८२ रनको विशाल अन्तरले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- सरकारको आव २०८३/८४ को नीति तथा कार्यक्रम : के के छ? (पूर्णपाठ)
- तरकारी खेतीले बदलिएको थारु महिलाको जीवनशैली
- रोमाञ्चक भिडन्त: दिल्ली क्यापिटल्सद्वारा पन्जाब किङ्स ३ विकेटले पराजित
- वन्यजन्तु जोगाउन सडक विभागसँग ओभरपास निर्माणको सुझाव