प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ। कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबिच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले बताए।
उक्त प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन समूहको सहभागिता रहने पाण्डेले जानकारी दिए। आगामी दिनमा क्यानको वार्षिक क्यालेण्डरमा एलाइट कप प्रतियोगितालाई समेट्नका लागि पहल गरिने उनले बताए। प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटको खस्किएको साखलाई फर्काउनका लागि प्रयास हुनेछ।
पत्रकार सम्मेलनमा मोरङ अध्यक्ष मो सादबाबु, सुनसरी क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेलले एलाइट कपको आयोजना हुने गौरवका विषयमा भएको यसलाई दीर्घकालीनसम्म लैजानुपर्नेमा जोड दिए।
यसैबिच, क्रिकेट खेलको प्रवर्द्धनका लागि कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेनबीच भएको सम्झौताले भुइँतहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउन्डेनका निर्देशक अभिषेक श्रेष्ठले बताए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीमितलाई एक लाख उपचार सुविधा कायम, ओपिडीमा सीमितता
- टी-२० विश्वकप: दक्षिण अफ्रिकाको नाटकीय जित, आज नेपाल विरुद्ध इटाली
- अपराध गरेर विदेश लुकेका १० जनालाई इन्टरपोल सहयोगमा नेपाल फर्काइयो
- सञ्चारमाध्यम उल्लङ्घनमा प्रेस काउन्सिललाई कारबाही गर्न निर्देशन
- निर्वाचन आयोगद्वारा नागरिक शिक्षा स्रोत सामग्री सार्वजनिक
- आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
- बुवाको पहिचान नहुँदा एघार वर्ष आमाको नामबाट नागरिकता
- कृषि क्षेत्र सुस्त, उद्योग र सेवा चलायमान, चालु आवको वृद्धिदर ३.५%
- आज उच्च पहाड र हिमालमा बदली, तराईमा तुँवालोको सम्भावना
- मुस्ताङ निर्वाचन : ३६ देखि ६८९ मतदातासम्मका केन्द्र, ३९ स्थान कायम