निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ।
आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ। नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ। साे आधारमा काठमाडौँको नमुना मतपत्र सबैभन्दा ठूलो रहेकाे छ।
एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन्। ती जिल्लाको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन्।
ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेकोे छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै
- ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नाराका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
- आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- देशभर मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
- वनभित्र पोखरी: मुहान पनि जोगिने, वन्यजन्तु पनि अल्झिने
- देवघाट–१ का १४ सुकुमवासी परिवारलाई चाँडै जग्गा उपलब्ध गराइने
- देशैभर मनसुनी वायुको प्रभाव: आज धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
- आज प्रतिनिधि सभाको बैठक बस्दै