पोखरा अन्तरराष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्।
पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ। यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भूटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। नेपाललाई भारतले १-० गोलले निराश बनाएको थियो। प्रतियोगिता उद्घाटन खेलमा भुटान भने बंगलादेशसँग १२-० को फराकिलो अन्तरले पराजित भएको थियो।
त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुनेछन्। फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ। बंगलादेश र भारतले भने एक/एक खेल जितेर समान तीन अकं जोडेका छन्।
प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ। जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन्।
प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रसुवागढी बन्द भएपछि मुस्ताङ भन्सार सक्रिय, दैनिक ५० कन्टेनर भित्रिँदै
- जुम्ली स्याउ बोकेका गाडी सडकमै कुहिने जोखिम
- प्रभावित क्षेत्रमा जुट्दै विद्युत् प्राधिकरण: धादिङ र नुवाकोटमा अधिकांश घरमा बिजुली फर्कियो
- प्रिमियर लिग: आर्सनलद्वारा चेल्सी २-१ ले पराजित, ओडेगार्ड र हाभर्ट्जको गोलमा पुनरागमन जित
- भोटेकोशी त्रासदी: आज देशभर राष्ट्रिय शोक
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव, ३८ घाइते डिस्चार्ज
- प्रीमियर लिग: म्यानचेस्टर सिटी र लिभरपुलको जित, हालान्डको कीर्तिमानी गोल र इसाकको दोहोरो प्रहार
- भोटेकोशी बाढी: ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षतिको अनुमान
- भोटेकोशी बाढी: १,३३१ को शव फेला, ५ हजार अझै बेपत्ता