अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार भएको टेलिफोन संवादपछि दुई देशबिच लामो समयदेखि प्रतीक्षा गरिएको व्यापार सम्झौताको औपचारिक घोषणा भएको छ। यस सम्झौताले विगत एक वर्षदेखि दुई देशबिच रहेको व्यापारिक तनावलाई मत्थर पार्ने अपेक्षा गरिएको छ।
यस व्यापार सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पक्ष भारतबाट अमेरिका निर्यात हुने सामानहरूमा लगाइने करमा गरिएको भारी कटौती हो। ट्रम्प प्रशासनले भारतीय उत्पादनहरूमा लाग्ने ‘रेसिप्रोकल ट्यारिफ’ लाई २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत मा झारेको छ।

ट्रम्पका अनुसार यसका बदलामा भारतले केही महत्त्वपूर्ण प्रतिबद्धताहरू जनाएको छ। भारतले रुसबाट कच्चा तेलको आयात रोक्ने र त्यसको सट्टा अमेरिका तथा भेनेजुएलाबाट ऊर्जा आयात बढाउने सहमति गरेको बताइएको छ। यसै गरी भारतले अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा करिब ५०० अर्ब डलर बराबरको सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ। साथै भारतले अमेरिकी सामानहरूमा लगाउँदै आएको भन्सार शुल्क र अन्य व्यापारिक अवरोधहरूलाई शून्यमा झार्ने प्रक्रिया अघि बढाउने ट्रम्पको दाबी छ।
गत वर्ष सन् २०२५ मा ट्रम्प प्रशासनले भारतमाथि कुल ५० प्रतिशत सम्म भन्सार कर लगाएको थियो। यसमा २५ प्रतिशत आधारभूत कर र रुससँग तेल किनेको भन्दै थप २५ प्रतिशत ‘दण्डात्मक कर’ समावेश थियो। नयाँ सम्झौतासँगै यी दण्डात्मक करहरू हटाइएका छन् र अब प्रभावकारी करको दर १८ प्रतिशत कायम गरिएको छ। यो दर चीन (३०-३५%), भियतनाम (२०%) र पाकिस्तान (१९%) को तुलनामा निकै कम र भारतका लागि अनुकूल मानिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ऐतिहासिक क्षण भन्दै स्वागत गरेका छन्। उनले ‘मेड इन इन्डिया’ उत्पादनहरूले अब विश्वकै ठुलो बजारमा सहज पहुँच पाउने र यसबाट १ अर्ब ४० करोड भारतीय लाभान्वित हुने उल्लेख गर्नुभएको छ। यद्यपि भारतीय पक्षले रुसी तेल र ‘शून्य भन्सार’ को विषयमा विस्तृत आधिकारिक विज्ञप्ति जारी गर्न बाँकी नै छ।
अमेरिकी पक्षमा भने ट्रम्पले यसलाई “मैत्रीपूर्ण र सम्मानजनक सम्झौता” भन्दै युक्रेन युद्ध अन्त्य गर्ने आफ्नो प्रयासमा यो सम्झौताले इँटा थप्ने दाबी गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन: वैश्विक चुनौती समाधान र सहकार्यमा शीर्ष नेताहरूको जोड
- उत्तरी फ्रान्समा रेल दुर्घटना: ४४ जना घाइते, एकको अवस्था गम्भीर
- अक्टोबर ७ को चेतावनी दाबी प्रकरण: नेतान्याहुले इजरायली पत्रिकारुद्ध मुद्दा हाल्ने
- अमेरिका–हुथी द्वन्द्व र ट्याङ्कर आक्रमणपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्यो
- ठुला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न अदालतलाई धौ-धौ !
- तुकाराम मुण्डे: सामाजिक सञ्जालमा भाइरल बनेका भारतको महाराष्ट्रका खाद्य सुरक्षा अधिकारी
- प्रतीकात्मकताले भरिएको शान्ति वार्ता: रुस र युक्रेनबिचका आधारभूत मतभेद अझै कायम
- रुस-युक्रेन युद्ध: शान्ति वार्ताका लागि अमेरिकी टोलीले भेट्यो पुटिनलाई
- रसिया-युक्रेन युद्ध रोक्ने अमेरिकी प्रयास: ट्रम्पका दूत कुश्नर र विटकाफ मस्को र किभ भ्रमण गर्दै
- इरान युद्धमा सहयोग नगरेको भन्दै फकल्यान्ड टापु विवादमा बेलायतलाई साथ नदिने ट्रम्पको सङ्केत