हङकङका प्रखर लोकतन्त्रवादी नेता तथा सञ्चार उद्यमी जिम्मी लाई लाई चीनद्वारा लादिएको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत २० वर्षको जेल सजाय सुनाइएको छ।
बेइजिङका कट्टर आलोचक मानिने ७८ वर्षीय लाईलाई विदेशी शक्तिसँग मिलेमतो गरेको र देशद्रोही सामग्री प्रकाशन गरेको अभियोगमा दोषी ठहर गरिएको हो। यो कानून अन्तर्गत हालसम्म दिइएको यो नै सबैभन्दा लामो सजाय हो।
लाईका साथै उनका पूर्व सहकर्मी र कार्यकर्ताहरूलाई पनि ६ देखि १० वर्षसम्मको कैद सजाय दिइएको छ। सजाय सुनाइँदा लाई शान्त देखिए पनि उनका समर्थकहरू भावुक बनेका थिए।
उनका परिवारले यो फैसलाको कडा निन्दा गर्दै लाई जेलभित्रै “सहिद बनेर मर्ने” भन्दै चेतावनी दिएका छन्। यो फैसलाले एक समय एसियाको सञ्चार केन्द्र मानिने हङकङमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता समाप्त भएको भन्दै विश्वभर चिन्ता जगाएको छ।
यद्यपि, हङकङ सरकारले भने यो मुद्दा प्रेस स्वतन्त्रतासँग सम्बन्धित नभई राष्ट्रिय सुरक्षामा पुर्याएको आँचसँग जोडिएको दाबी गरेको छ। सन् २०२० मा पक्राउ परेका लाईको प्रसिद्ध पत्रिका ‘एप्पल डेली’ यसअघि नै सरकारले बन्द गराइसकेको छ। यो फैसलाले हङकङमा विपक्षी आवाजहरूलाई पूर्ण रूपमा दबाउने बेइजिङको रणनीतिलाई प्रष्ट पारेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- इरान शासन सत्ताच्यूत नभएसम्म युद्ध अन्त्य हुँदैन : ट्रम्प
- युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ ड्र सार्वजनिक: रोमाञ्चक भिडन्तहरूको पक्का
- काबुल र कान्दहारमा बमबारी, पाक–अफगान सीमामा भीषण भिडन्त
- कार्टेल नेता ‘एल मेन्चो’को मृत्युपछि मेक्सिकोमा अशान्ति, विश्वकप सुरक्षा संकटमा
- जेनेभामा इरान र अमेरिकाबिच निर्णायक वार्ताको तयारी
- मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथ तीव्र: युद्धको आशङ्का र १० दिने समय सीमा
- रुस-युक्रेन युद्ध अन्त्यका लागि जेनेभामा भएको वार्ता ‘निष्कर्षविहीन’
- बङ्गलादेशमा अन्तरिम सरकारको बिदाइ: तारिक रहमानले आज प्रधानमन्त्रीको शपथ लिने
- माइनस २० डिग्रीको चिसो र बिजुलीविहीन युक्रेन: मानवीय संकटको नयाँ मोड
- निर्वासनबाट सत्ताको शिखरमा: बङ्गलादेशका नयाँ नेता तारिक रहमानको उदय