मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आज नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को यो खेल नेपालका लागि निकै चुनौतीपूर्ण र महत्त्वपूर्ण मानिएको छ।
समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजसंगको खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
यसअघिका दुवै खेलमा लगातार पराजय बेहोरेपछि नेपालका लागि आजको खेल ‘गर वा मर’ को निर्णायक स्थितिमा पुगेको छ। प्रतियोगिताको पहिलो खेलमा इंग्ल्याण्डसँग मात्र ४ रनको अत्यन्तै झिनो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भने इटालीसँग १० विकेटको अप्रत्याशित र लज्जास्पद हार व्यहोर्नु पर्यो। यी दुई हारका कारण नेपाल अहिले अङ्क तालिकाको पुछारमा छ, जसले गर्दा विश्वकपको अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई आजको खेलमा जित्नै पर्ने ठुलो दबाब सिर्जना भएको छ।
सुपर-८ को यात्रा जीवित राख्न नेपाललाई आजको खेलमा स्पष्ट जितको खाँचो छ। अर्कोतर्फ, वेस्ट इन्डिजले आफ्ना सुरुवाती दुवै खेल (स्कटल्यान्ड र इंग्ल्याण्ड विरुद्ध) जितेर उच्च मनोबलका साथ मैदान उत्रँदै छ।
ऐतिहासिक सन्दर्भ र टोलीको अवस्था यसअघि सन् २०२५ को सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा भएको द्विपक्षीय सिरिजमा नेपालले वेस्ट इन्डिजलाई २-१ ले हराएर इतिहास रचेको थियो। यद्यपि, आजको खेलमा वेस्ट इन्डिजका मुख्य खेलाडीहरू टोलीमा फर्किएकाले नेपालका लागि चुनौती सहज हुने छैन। नेपाली कप्तान रोहित पौडेल बिरामी भएका कारण उनको उपस्थितिबारे केही संशय रहे पनि टोलीले उत्कृष्ट पुनरागमन गर्ने अपेक्षा गरिएको छ।
विश्वकपको निर्धारित तालिका अनुसार आज फेब्रुअरी १५ मा अन्य दुई महत्त्वपूर्ण खेलहरू पनि सञ्चालन हुँदै छन्। दिनको पहिलो खेलमा अमेरिका र नामिबियाबिच चेन्नईको एम. ए. चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे प्रतिस्पर्धा हुनेछ। त्यस्तै, आजको सबैभन्दा बहुप्रतीक्षित र ‘हाइ-भोल्टेज’ भिडन्तको रूपमा हेरिएको भारत र पाकिस्तानबिचको खेल श्रीलङ्काको कोलम्बोमा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान