हिउँदको सुक्खा मौसममा आगलागीको बाढी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद्का घटना भएका छन् ।

त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा वृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीका घटना भएको पाइएको छ ।

फाइल तस्बिर

प्राधिकरणका अनुसार, तेह्रथुम, संखुवासभा, मोरङमा एक एक आगलागीका घटना हुँदा सिरहा, सर्लाही र स्याङ्जामा दुई/दुई वटा आगलागीका घटना भएका छन् । यस्तै, बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ ।

संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोको घटना भए । त्यस्तै, बैतडीमा जनावरको आक्रमण भएको छ । विपदमा परेर छ जना घाइते भए भने रु ३४ लाख १२ हजार बराबरको क्षति भएको छ ।

फाइल तस्बिर

प्राधिकरणले हिउँदको समयमा सबैतिर सुक्खा हुने भएकाले आगलागी हुने सम्भावना बढी भएकाले सचेतना अपनाउन आग्रह गरेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link