राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद्का घटना भएका छन् ।
त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा वृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीका घटना भएको पाइएको छ ।
प्राधिकरणका अनुसार, तेह्रथुम, संखुवासभा, मोरङमा एक एक आगलागीका घटना हुँदा सिरहा, सर्लाही र स्याङ्जामा दुई/दुई वटा आगलागीका घटना भएका छन् । यस्तै, बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ ।
संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोको घटना भए । त्यस्तै, बैतडीमा जनावरको आक्रमण भएको छ । विपदमा परेर छ जना घाइते भए भने रु ३४ लाख १२ हजार बराबरको क्षति भएको छ ।
प्राधिकरणले हिउँदको समयमा सबैतिर सुक्खा हुने भएकाले आगलागी हुने सम्भावना बढी भएकाले सचेतना अपनाउन आग्रह गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फर्से बस्ती बगर बन्दा खल्लो बनेको दसैँ
- च्याम्पियन्स लिग: ८३ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल म्याड्रिडको रोमाञ्चक पुनरागमन
- आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको आराधना र पूजा
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- छ वटा प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
- कागजमै सीमित तनहुँका पूर्वाधार आयोजना
- नर्ड स्ट्रिम पाइपलाइन विस्फोट: युक्रेनी पूर्वसैन्य अधिकारीमाथि जर्मनीमा मुद्दा सुरु
- च्याम्पियन्स लिग: आर्सनलको शानदार जित, म्यानचेस्टर युनाइटेड पराजित
- नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
- आजको मौसम पूर्वानुमान

