देशभर सुक्खा मौसमको वृद्धिसँगै आगलागी र डढेलोका घटनाहरूमा तीव्र वृद्धि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चैत १२ गतेदेखि १३ गते बिहानसम्मको २४ घण्टामा मात्रै देशभर १६ स्थानमा आगजनी र तीन स्थानमा डढेलोका घटनाहरू दर्ता भएका छन्।
यी लगायत अन्य विभिन्न २५ वटा विपद्का घटनाहरूबाट करिब ७४ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको विवरण प्राप्त भएको छ। विशेषगरी ललितपुर, रुपन्देही र सल्यानका जङ्गलहरूमा डढेलो लागेको छ भने बर्दिया, रुकुम पूर्व, दाङ, कास्की, काभ्रे र तराईका जिल्लाहरू मोरङ, रौतहट, सुनसरी लगायतका क्षेत्रमा आगलागीले क्षति पुर्याएको छ।
विपद् व्यवस्थापन प्राधिकरणको विश्लेषण अनुसार अधिकांश आगलागीका घटनाहरू मानवीय लापरबाही र सामान्य सावधानी नअपनाउँदा भएका हुन्। उखुको पात सल्काउँदा, खाना पकाउने चुल्होबाट हावाको झिल्का उड्दा, ग्यास चुहावट हुँदा र बालबालिकाले सलाई-लाईटरसँग खेल्दा यस्ता दुर्घटनाहरू निम्तिएका छन्।
आगलागी बाहेक कञ्चनपुरमा सर्पदंश, मुस्ताङमा पदयात्रीलाई लेक लाग्ने समस्या (अल्टिच्युड सिक्नेस) र पाँचथर, भक्तपुर लगायतका जिल्लामा वन्यजन्तुको आक्रमणका घटनाहरू समेत सार्वजनिक भएका छन्। बढ्दो जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले सम्भावित क्षति न्यूनीकरण गर्न र विपद्बाट जोगिन आम सर्वसाधारणलाई उच्च पूर्वसावधानी अपनाउन विशेष अपिल गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर