नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले पदभार ग्रहण गरेको भोलिपल्टै ठुलो राजनीतिक कदम चाल्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।
भदौमा भएको ‘जेन-जी’ युवा आन्दोलनलाई निर्ममतापूर्वक दबाएको र सो क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई शनिबार बिहानै आ-आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। नेकपा एमालेका अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र नेपाली कांग्रेसका नेता लेखकलाई कटुन्जेबाट प्रहरीले हिरासतमा लिएको हो।
नवनियुक्त गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत यो पक्राउ कुनै राजनीतिक प्रतिशोध नभई न्यायको सुरुवात भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “कानुनभन्दा माथि कोही छैन। यो ‘जेन-जी’ आन्दोलनका शहीद र घाइतेहरूका लागि न्यायको पहिलो पाइला हो।”
पूर्व विशेष अदालतका न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनका आधारमा सरकारले यो कारबाही अघि बढाएको हो। प्रतिवेदनले ओली र लेखकलाई ‘आपराधिक लापरबाही’ र ‘गैर कानुनी दमन’ को मुख्य जिम्मेवार ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो।
यता, काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। नयाँ सरकारको यो कदमले दशकौँदेखि नेपाली राजनीतिमा हाबी रहेका पुराना दलहरू र नयाँ शक्तिबिचको द्वन्द्वलाई थप उत्कर्षमा पुर्याएको छ।
अदालत बन्द रहेकाले दुवै नेतालाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। यो घटनालाई नेपालको संसदीय इतिहासमा बहालवाला सरकारले पूर्व कार्यकारी प्रमुखलाई फौजदारी अभियोगमा पक्राउ गरेको पहिलो र ऐतिहासिक घटनाको रूपमा हेरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर
