नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले पदभार ग्रहण गरेको भोलिपल्टै ठुलो राजनीतिक कदम चाल्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।
भदौमा भएको ‘जेन-जी’ युवा आन्दोलनलाई निर्ममतापूर्वक दबाएको र सो क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई शनिबार बिहानै आ-आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। नेकपा एमालेका अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र नेपाली कांग्रेसका नेता लेखकलाई कटुन्जेबाट प्रहरीले हिरासतमा लिएको हो।
नवनियुक्त गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत यो पक्राउ कुनै राजनीतिक प्रतिशोध नभई न्यायको सुरुवात भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “कानुनभन्दा माथि कोही छैन। यो ‘जेन-जी’ आन्दोलनका शहीद र घाइतेहरूका लागि न्यायको पहिलो पाइला हो।”
पूर्व विशेष अदालतका न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनका आधारमा सरकारले यो कारबाही अघि बढाएको हो। प्रतिवेदनले ओली र लेखकलाई ‘आपराधिक लापरबाही’ र ‘गैर कानुनी दमन’ को मुख्य जिम्मेवार ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो।
यता, काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। नयाँ सरकारको यो कदमले दशकौँदेखि नेपाली राजनीतिमा हाबी रहेका पुराना दलहरू र नयाँ शक्तिबिचको द्वन्द्वलाई थप उत्कर्षमा पुर्याएको छ।
अदालत बन्द रहेकाले दुवै नेतालाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। यो घटनालाई नेपालको संसदीय इतिहासमा बहालवाला सरकारले पूर्व कार्यकारी प्रमुखलाई फौजदारी अभियोगमा पक्राउ गरेको पहिलो र ऐतिहासिक घटनाको रूपमा हेरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फर्से बस्ती बगर बन्दा खल्लो बनेको दसैँ
- च्याम्पियन्स लिग: ८३ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल म्याड्रिडको रोमाञ्चक पुनरागमन
- आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको आराधना र पूजा
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- छ वटा प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
- कागजमै सीमित तनहुँका पूर्वाधार आयोजना
- नर्ड स्ट्रिम पाइपलाइन विस्फोट: युक्रेनी पूर्वसैन्य अधिकारीमाथि जर्मनीमा मुद्दा सुरु
- च्याम्पियन्स लिग: आर्सनलको शानदार जित, म्यानचेस्टर युनाइटेड पराजित
- नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
- आजको मौसम पूर्वानुमान
