इन्डियन प्रिमियर लिग २०२६ को चौथो खेलमा पन्जाब किंग्सले रोमाञ्चक जित दर्ता गरेको छ । मंगलबार राति महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको प्रतिस्पर्धामा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
रोमाञ्चक लक्ष्य पछ्याउँदै पन्जाब गुजरातले दिएको १६३ रनको मध्यम लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाउँदै १६५ रन बनाएर लक्ष्य पुरा गर्यो । पन्जाबको जितका नायक २२ वर्षीय अस्ट्रेलियन अलराउन्डर कुपर कोनोली बने । आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गर्दै कोनोलीले ४४ बलमा अविजित ७२ रनको इनिङ खेले । उनले यस क्रममा ५ चौका र ५ छक्का प्रहार गरेका थिए ।
पन्जाबको सुरुवात त्यति राम्रो हुन सकेन । ओपनर प्रियान्श आर्य ७ रनमै आउट भए पनि प्रभसिमरन सिंहले २४ बलमा ३७ रनको आक्रामक पारी खेल्दै इनिङ सम्हालेका थिए । मध्य क्रममा कप्तान श्रेयस अय्यरले १८ रन जोडे । खेलको एक समयमा पञ्जाबले ११०/२ बाट ११८/६ को अवस्थामा पुगेर सङ्कट झेलेको थियो, तर कोनोलीले धैर्यताका साथ ब्याटिङ गर्दै टोलीलाई जित दिलाए ।
बलिङतर्फ गुजरातका लागि प्रसिद्ध कृष्णले घातक बलिङ गर्दै २९ रन खर्चेर ३ विकेट लिए । यस्तै राशिद खान र वासिङ्टन सुन्दरले समान १–१ विकेट झारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले २७ बलमा सर्वाधिक ३९ रन बनाए । ओपनर जस बटलरले ३३ बलमा ३८ रन जोडे भने ग्लेन फिलिप्सले २५ रनको योगदान दिए ।
पन्जाबका बलर विजयकुमार वैशाकले सानदार बलिङ गर्दै ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिए । स्पिनर युजवेन्द्र चहलले पनि कसिलो बलिङ गर्दै २ विकेट हात पारे ।
डेब्यु खेलमै अविजित ७२ रन बनाउँदै टोलीलाई कठिन परिस्थितिबाट जित दिलाएका पन्जाबका कुपर कोनोली ‘प्लेयर अफ द म्याच’ घोषित भए । यो जितसँगै पञ्जाबले अङ्क तालिकामा २ महत्त्वपूर्ण अङ्क जोडेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर