इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को छैटौँ खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदान इडेन गार्डेनमा ६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। आक्रामक ब्याटिङ र कसिलो बलिङको मद्दतले हैदराबादले सिजनको आफ्नो पहिलो जित दर्ता गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रनको विशाल योगफल तयार पारेको थियो। हैदराबादका लागि ओपनर अभिषेक शर्मा र ट्रेभिस हेडले विस्फोटक सुरुवात दिलाए। अभिषेकले मात्र २१ बलमा ४८ रन बनाए भने हेडले २१ बलमा ४६ रनको योगदान दिए।
मध्य क्रममा हेनरिक क्लासेनले ३५ बलमा ५२ रनको अर्धशतकीय पारी खेल्दै टोलीको स्कोरलाई मजबुत बनाए। त्यस्तै, नितिश कुमार रेड्डीले २४ बलमा ३९ रन जोडे। कोलकाताका बलर ब्लेसिङ मुजराबानीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए पनि हैदराबादको रन गति रोक्न सकेनन्।
२२७ रनको कठिन लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले १६ ओभरमा सबै विकेट गुमाएर मात्र १६१ रन बनाउन सक्यो। कोलकाताका लागि युवा ब्याटर अङ्क्रिश रघुवंशीले २९ बलमा ५२ रनको सङ्घर्षपूर्ण अर्धशतक प्रहार गरे पनि अन्य ब्याटरले साथ दिन सकेनन्। रिंकु सिंहले २५ बलमा ३५ रन र फिन एलेनले ७ बलमा २८ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन।
हैदराबादका बलरहरूले सुरुदेखि नै कोलकातालाई दबाबमा राखेका थिए। अनुभवी बलर जयदेव उनाडकटले ३ ओभरमा मात्र २१ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै, अलराउन्ड प्रदर्शन गरेका नितिश कुमार रेड्डी र इशान मालिङ्गाले समान २-२ विकेट लिए।
यस जितसँगै हैदराबादले अङ्क तालिकामा आफ्नो खाता खोलेको छ भने कोलकाताले घरेलु मैदानमा हार व्यहोर्नु परेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रसुवागढी बन्द भएपछि मुस्ताङ भन्सार सक्रिय, दैनिक ५० कन्टेनर भित्रिँदै
- जुम्ली स्याउ बोकेका गाडी सडकमै कुहिने जोखिम
- प्रभावित क्षेत्रमा जुट्दै विद्युत् प्राधिकरण: धादिङ र नुवाकोटमा अधिकांश घरमा बिजुली फर्कियो
- प्रिमियर लिग: आर्सनलद्वारा चेल्सी २-१ ले पराजित, ओडेगार्ड र हाभर्ट्जको गोलमा पुनरागमन जित
- भोटेकोशी त्रासदी: आज देशभर राष्ट्रिय शोक
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव, ३८ घाइते डिस्चार्ज
- प्रीमियर लिग: म्यानचेस्टर सिटी र लिभरपुलको जित, हालान्डको कीर्तिमानी गोल र इसाकको दोहोरो प्रहार
- भोटेकोशी बाढी: ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षतिको अनुमान
- भोटेकोशी बाढी: १,३३१ को शव फेला, ५ हजार अझै बेपत्ता