टाटा आईपीएल २०२६ अन्तर्गत आइतबार सम्पन्न भएका दुई रोमाञ्चक खेलहरूमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरु विजयी भएका छन्।
पन्तको कप्तानी इनिङ्सले लखनउलाई जितायो
हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। सुरुवाती पतनपछि हेनरिक क्लासेन (६२ रन) र नीतिश कुमार रेड्डी (५६ रन) ले ११६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए। लखनउका लागि मोहम्मद शामीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट लिए।
जवाफी ब्याटिङमा ओर्लिएको लखनउले कप्तान ऋषभ पन्तको अविजित ६८ र एडेन मार्करामको ४५ रनको मद्दतले १९.५ ओभरमा लक्ष्य भेट्टायो। अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा पन्तले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। उत्कृष्ट बलिङ गरेका शामी ‘प्लेयर अफ द म्याच’ चुनिए।
चिन्नास्वामीमा बेंगलुरुको विशाल जित
साँझ बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले हराएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २५० रनको विशाल योगफल तयार पार्यो, जुन यस सिजनकै उच्च स्कोर हो। टिम डेभिडले मात्र २५ बलमा ८ छक्कासहित ७० रनको विष्फोटक इनिङ्स खेले। यस्तै, रजत पाटीदारले ४८ र देवदत्त पडिक्कलले ५० रन जोडे।
२५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले पुरै ओभर खेल्दै २०७ रन मात्र बनाउन सक्यो र अलआउट भयो। चेन्नईका लागि सरफराज खानले ५० र प्रशान्त वीरले ४३ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। बेंगलुरुका लागि अनुभवी बलर भुवनेश्वर कुमारले ३ विकेट लिए। विष्फोटक ब्याटिङ गरेका टिम डेभिड ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस जितसँगै बेंगलुरुले आफ्नो विजयी यात्रा जारी राखेको छ भने चेन्नईले लगातार तेस्रो हार व्यहोरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर