संघीय संसद् सचिवालयले आगामी संसद् कार्यसूची निर्धारण र दलहरूबीच सहमति जुटाउने उद्देश्यले सर्वदलीय बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजे बस्ने निर्धारित छ।
सचिवालयका अनुसार बैठकमा संसद्को कामलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा छलफल हुनेछ। यस क्रममा प्रतिनिधि सभाको पहिलो बैठकमा पेश भएका तीनवटा अध्यादेशहरू स्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी गरिएको छ।
त्यस्तै, सदनको कार्यसम्पादनलाई व्यवस्थित गर्न ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि भोलिको बैठकमा विचार हुने बताइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर