इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सबिचको खेल वर्षाका कारण रद्द भएको छ। कोलकातास्थित इडेन गार्डेनमा सोमबार राति तय भएको यो खेलमा वर्षा बाधक बनेपछि दुवै टोलीले १–१ अङ्क बाँडेका छन्।
खेलमा टस जितेर कोलकाताले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर, खेल सुरु भएको केही समयमै वर्षा भएपछि ३.४ ओभर मात्र खेल हुन सक्यो। खेल रोकिनुअघि कोलकाताले २ विकेट गुमाएर २५ रन बनाएको थियो। कोलकाताको सुरुवात निकै खराब रह्यो। ओपनर फिन एलेन ६ रन र क्यामरुन ग्रीन मात्र ४ रन बनाएर पेभिलियन फर्किएका थिए। पन्जाबका बलर जाभियर बार्टलेटले दुवै विकेट लिएर कोलकातालाई दबाबमा राखेका थिए।
लामो समयसम्मको वर्षा र भिजेको मैदानका कारण खेल पुनः सुरु हुन सकेन। राति करिब ११ बजे अम्पायरहरूले खेल रद्द गर्ने निर्णय गरे। यो नतिजासँगै पन्जाब किंग्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पन्जाबले ३ खेलबाट ५ अङ्क जोडेको छ।
अर्कोतर्फ, सुरुवाती दुई खेलमा पराजित भएको कोलकाता नाइट राइडर्सले यस खेलबाट लिगमा आफ्नो पहिलो अङ्क प्राप्त गरेको छ। ३ खेलमा १ अङ्कका साथ कोलकाता अहिले तालिकाको आठौँ स्थानमा छ।
अब कोलकाताले आफ्नो आगामी खेल बिहीबार लखनउ सुपर जायन्ट्ससँग खेल्नेछ भने पन्जाबले अप्रिल ११ मा सनराइजर्स हैदरावादको सामना गर्नेछ। इडेन गार्डेनमा खेल हेर्न पुगेका हजारौँ दर्शक भने वर्षाका कारण खेल पूरा हुन नसक्दा निराश भएर फर्किएका थिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर